Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

रमजानका धार्मिक कार्य लक डाउनको पालना गर्दै घरमै गर्न अल्कुफी र मौलाना मसहूदको आग्रह

कृष्णनगर, कपिलवस्तु

कोरोना भाइरस संक्रमण फैलिन नदिइ मुस्लिम समुदायका अगुवाहरु घरमै बसेर धार्मिक कार्य गर्न अपिल गरेका छन् । रमजानको पूर्व सन्ध्यामा कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरुले हरेक शुक्रबार पढिने जुमाको नमाज दिनको पाँच पटक नमाज र रमजान महिनामा पढिने तराविह नमाज समेत घरमै पढन राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफीले अग्रह गर्दै देश विदेशमा रहेका नेपाली जनताहरुमा मुस्लिम धर्मावलम्बीहरुको पवित्र रमजान महिनाको शुभकामना समेत दिएका छन् ।

इस्लाम धर्मको १४४१ हिजरी सम्बत को ९औं महिना रमजान महिना रहेको छ। यो महिनामा पूरै एक महिना रोजा राखीअल्लाहको इबादत मा लाग्नु पर्छ। इस्लाम धर्मानुसार सूर्यास्त पछि अर्को दिन लाग्छ त्यसै कारणले आज शुक्रबार दिन सूर्यास्त पछि रमजान महिना लाग्छ रमजान महिनामा तराबिह नमाजको लागि मुस्लिम समुदाय ठूलो संख्यामा आफ्नो आफ्नो ठाउमा रहेका मस्जिदहरु मा एकत्रित भइ तराबिह नमाज अदा गर्दै आएका थिए।

तर यो बर्ष विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरस को त्रास र नेपाल सरकारले देश भरिमा लगाएको लाकडाउन को कारणले मस्जिदहरुमा ठूलो संख्यामा तराबिह नमाज हुदैन ।यो पाली सबै आ–आफ्नो घरमा सबै नमाज पढने काम गरौ नेपाल सरकारले आज को दिनमा लाकडाउन गरेको छ भने त्यो नेपालि जनताको हक हितको लागि गरेको छ।

सरकारले गरेको निर्णयको सम्मान गर्दै पूर्णरुपमा निर्देशनको पालना गर्नाको लागि सबैमा अग्रह गर्नाको साथसाथै प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि देश विदेशमा रहनुभएको नेपाली दिदी बहिनी दाजुभाइहरुमा पवित्र रमजान महिनाको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP