Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशकलाई भेटेर आज (आइतबार) नेविसंघले विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग गरेको हो।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थामा पठनपाठन बन्द भएको बेला अनलाइन माध्यमबाट पठनपाठन गर्नुपर्ने अवस्था रहेकोले इन्टरनेट सेवा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ।

नियमित अध्ययनरत विद्यार्थीको विवरण सम्बन्धित शैक्षिक संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीको आइडी बनाइ इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन अध्यक्ष ढुंगानाले आग्रह गर्नुभएको छ।

निःशुल्क इन्टरनेट सुविधा दिनुपर्ने मागपत्र महामन्त्रीहरु दीपक भट्टराई, युवराज पाण्डेय, बलदेव तिमल्सेना, उर्मीला थपलीया लगायतले आइतबार दूरसञ्चार पुगेर बुझाएका छन्।

मागपत्रको पूर्णपाठ

श्री अध्यक्ष ज्यू,

नेपाल दुर सञ्चार प्राधिकरण केन्द्रीय कार्यालय कमलादी,काठमाडौं ।

 बिषय: विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउने बारे।

            अहिले सम्पूर्ण विश्व नै काेराेना भाइरस (काेभिड-१९ ) काे महामारीबाट गुज्रिरहेकाे छ र नेपाल पनि प्रभावित भएकाे अबस्थामा स्वास्थ्य र अन्य क्षेत्रहरू जस्तै शैक्षिक क्षेत्र पनि अत्यन्त नराम्राेसंग प्रभावित भएकाे छ। अहिले शिक्षालयहरू पूर्णत बन्द छन र पठनपाठनका क्रियाकलापहरू शुन्य प्राय छ। केही संस्थाहरूले अनलाईन शिक्षा प्रदानकाे प्रयास गरेकाे भएपनि धेरै विद्यार्थीहरू अहिले पनि सिकाइकाे प्रक्रिया भन्दा बाहिरै रहन बाध्य छन्।

करिब ७० लाख भन्दा बढि विद्यार्थीहरू प्रत्यक्ष मारमा परेकाे यस अत्यन्त अफ्ठ्याराे अबस्थामा तत्कालका लागि र दिगाे रूपमा समेत प्रबिधिमैत्री शिक्षा आजकाे आवश्यकता बनेकाे छ। यस परिस्थितिलाई सामना गर्न र विद्यार्थीलाई सिकाइकाे दायरामा ल्याउन अहिले उपयुत्त माध्यम भनेकै अनलाईन शिक्षा भएकाले देशका सबै बस्ती र स्थानहरूमा इन्टरनेट सेवाकाे सहज र गुणस्तरिय सुबिधा हुनु जरूरी छ।

त्यसका लागि नेपाल दुर सञ्चार प्राधिकरणले बिभिन्न यस क्षेत्रका सेवा प्रदायक संस्था/ कम्पनीहरूसंग समन्वय गर्दै आवश्यक निर्देशन दिई तथा ग्रामीण दुर सञ्चार विकास काेष लगायतबाट बजेट ब्यवस्था गरि अनलाइन शिक्षा सञ्चालनमा विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सुबिधा उपलब्ध गराउन महत्वपूर्ण भूमिका रहनेछ भन्ने हामीले बिश्वास लिएका छाैं।

एकातिर धेरै दुर दराजका बस्तीहरूमा इन्टरनेट सेवा बिस्तार भैसकेकाे छैन भने कैयौँ स्थानहरूमा याे सेवा सर्वसुलभ, विश्वसनीय र गुणस्तरिय छैन । तसर्थ इन्टरनेट सुबिधालाइ बिस्तारित र प्रभावकारी एवम् गुणस्तरिय बनाउदै सम्पुर्ण जनताको पहुँचमा पुर्याउनु अहिलेको आवश्यकता हो ।

विद्यार्थीहरुले वर्तमान परिस्थितिमा शुल्क तिरी इन्टरनेट सेवा लिएर पढाई जारी राख्ने अवस्था नरहेको हुदां सम्पूर्ण विद्यार्थीहरूलाइ अध्ययनका लागि आवश्यक इन्टरनेट सुबिधा नि:शुल्क उपलब्ध गराउन नेपाल विद्यार्थी संघ जाेडदार माग गर्दछ।साथै सवै नियमित अध्ययनरत विद्यार्थीहरूकाे बिवरण सम्बन्धीत शैक्षिक संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीहरूकाे आईडी बनाइ इन्टरनेट सुबिधा तत्काल उपलब्ध गराउन सम्पूर्ण सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिन नेपाल विद्यार्थी संघ अनुराेध गर्दछ।

जय नेपाल!

राजिव ढुंगाना,

अध्यक्ष

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP