Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

‘चन्द्रागिरि कोरोना मुक्त छ, अब नगरभित्र काम सुरु गर्छौ’

काठमाडौँ । काठमाडौँ जिल्लाको सवै भन्दा ठूलो नगरपालिका चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आफ्नो नगर कोरोना मुक्त देखिएकाले अव लकडाउनलाई खुकुलो बनाउँदै कृषि र विकास निमार्णका काम सुरु गर्ने बताउनुभएको छ । उहाँले लकडाउन खुकुलो र दुरी कायमगरी कृषि क्षेत्र र नगरभित्रका विकास निर्माण सुरुगर्दै मजदुरहरुलाई काम दिने कार्य अगाडी बढाउने बताउनुभएको छ ।

नेपाली रेडियो नेटवर्कको प्रदेश प्रसंगमा कुरागर्दै नगर प्रमुख गिरीले अहिले सम्म विदेशबाट आएका र नगरभित्र संक्रमणको आसंका गरिएका सवैको परिक्षण भइसकेको र कसैमा पनि संक्रमण नभेटिएकाले भोली नगरभित्र आइपर्ने आर्थिक संकट कम गराउनका लागि आवस्यक उत्पादन बढाउने र काम नपाएर बसेका मजदुरहरुलाई दैनिक काम उपलब्ध गराउने बताउनुभयो ।

गिरीले नगरपालिका भित्र भोलि आउन सक्ने समस्यालाई मध्यनजर गर्दै आवस्यक राहत र स्वास्थ्यकर्मीहरुको व्यवस्था भइसकेकाले अब कृषि, विकास निर्माण र साना तथा घरेलु उद्योगहरुलाई अवस्यक दुरी कामयम गराई सञ्चालनमा ल्याउने दावी गर्नुभयो । उहाँले १९३ जना भन्दा बढी बाहिरबाट आएका र नगरवासीहरुको टेस्ट गराइएको र अरुमा पनि कतै संक्रमण नभटिएको भन्दै काठमाडौँ छिर्ने आगन्तुक र भेइकलहरुको पनि परिक्षण भइरहेको जानकारी दिनुभयो ।

उहाँले आफ्नो नगरपालिका उपत्यका छिर्ने सवै भन्दा महत्वपूर्ण नाका भएको नगरपालिका भएकाले सवै प्रदेशका मानिसहरु अहिले पनि आवत जावत गरिरहेको र उनिहरुलाई रोकेर राख्ने अवस्था नभएको बताउनुभयो । जो, जो, जुन, जुन पालिकामा जाने हो त्यो पालिकाले जिम्मा लिनेगरी अहिले यो नाकाभएर आवत जावत गर्नेहरुलाई पठाउने गरिएको गिरीको भनाई छ ।

नगर प्रमुख गिरीले अहिले मालवाहक गाडी र आवत जावत गर्नेलाई नाकामा रोकेर राख्दा उनिहरुको व्यवस्थापन गर्न नसकिने भएकाले सवै भेइकल र संकास्पदहरुलाई परिक्षण गरेर नै गन्तव्यतर्फ पठाउने गरिएको बताउनुभयो । उहाँले अहिले भारतबाट ग्यास, पेट्रोलियम पदार्थदेखि सवै खाद्यान्न आइरहेकाले नाकामा रोक्दा आपूर्तिमा समस्या आउने भएकाले कसैलाई पनि नाकामा रोक्न नसकिएको दावी गर्नुभयो ।

गिरीले भन्नुभयो,‘ दैनिक सयौँको सख्यामा गाडीहरु उपत्यका भित्रिन्छन् । मानिसहरु पनि त्यतिकै आएका छन् । रोक्दा उनिहरुको व्यवस्थापन गर्न नगरले सक्दैन । कृषि र साना उद्योगहरु पनि अब चलाउछौँ । नगरमा धेरै पुर्वाधारका काम गर्न वाँकि छन् । ति कामहरु पनि अब दुरी कायम गराएर सुचारु गर्छौ’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP