Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भारतबाट तरकारी र फलफुल ल्याउन नदिन काँग्रेको माग

काठमाडौँ । भारतबाट तरकारी र फलफुल ल्याउने कार्य तत्काल बन्द गर्न प्रदेश पाँचको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गरेको छ ।

प्रदेश पाँचमा भारतसँगका तीन ठूला नाका रहेको र खुल्ला नाका पनि धेरै भएकाले ती नाकाबाट दैनिक रुपमा तरकारी र फलफुलहरु भित्रिने गरेको काँग्रेस संसदीय दल प्रदेश पाँचकी सचेतक निर्मला क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भारतबाट आयात भइरहेको तरकारी र फलफुलबाट कोरोना सङ्क्रमणको खतरा रहेकाले तत्काल आयात रोक्नु पर्ने बताउनुभयो । नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले आयात रोक्नका लागि प्रदेशका मन्त्रीहरुलाई आग्रह गर्दा लाचार जवाफ दिने गरेको जानकारी दिनुभयो ।

भारतसँगको सम्वन्धीलाई असर नपार्नका लागि र केन्द्रीय आदेश नभएकाले आयात रोक्न नसकिने जवाफ प्रदेश मन्त्रीहरुले दिएको क्षेत्रीले बताउनुभयो । उहाँले भारतसँगका सवै नाकालाई पूर्ण रुपमा बन्द गर्न पनि मागगर्नुभयो । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पनि प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उहाँको आरोप छ ।

प्रदेश सरकारले सर्वपक्षीय छलफलहरु नगरेको, सहकार्यको भावना नदेखाएको र महामारी नियन्त्रण तथा व्यवस्थापनमा गम्भीर नभएको काँग्रेस सचेतक क्षेत्रीले टिप्पणी गर्नुभयो । सरकारको फितलो शैलीका कारण आम नागरिकमा कोरोना संक्रमणको संत्रास बढेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP