अजय मिश्र, कृष्णनगर
कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको टोलीद्वारा सीमा नाकाको अनुगमन गरिएको छ । कृष्णनगर नगरपालिकाको क्षेत्र भित्र पर्ने नेपाल भारत जोड्ने सीमा नाकाको अनुगमन गरिएको छ ।
विश्व कोरोना भाइरस (COVID-19) महामारीको चपेटमा परेको अवस्थामा नगर प्रमुख शाह सहितको टोलीले सीमा नाकाको अनुगमन गरेको छ। कार्यपालिका सदस्य सुनिल मोदनवाल र कृष्णनगर सशस्त्र प्रहरी बल नेपाल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल कुमार शाही सहितको टोलीद्धारा सीमा नाकाको अनुगमन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा खटि आफुले पाएको जिम्मेवारी त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्नुका साथै सुरक्षा व्यवस्था मजबुत तुल्याएको भनी नगर प्रमुख शाहले बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया