कपिलवस्तु,२३ वैशाख
नेपाल भारत सीमा क्षेत्र १५५ जना नेपाली अलपत्र परेका छन् । भारत सँग जोडिएको कपिलवस्तु जिल्लाका विभिन्न नाकामा उनीहरु अलपत्र परेका छन् । जिल्लाको कृष्णनगर नाकामा २६ जना,भिल्मीमा १४ जना,चाकरचौडामा ४७ जना,हरदौनामा १२ जना र मर्दादपुमा ५६ जना सीमामै अलपत्र रहेका छन् ।
कपिलवस्तु जिल्ला तथा छिमेकी जिल्लाका नेपाली नागरीकहरु रहेको सशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले बताउनुभयो । रोजगारीको शिलशिलामा भारतको विभिन्न ठाउँमा पुगेका उनीहरु गएराती लुकिछिपि नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको पुरीले बताउनुभयो । सशस्त्र प्रहरी सीमा क्षेत्रमा परिचालन गरेका छौ,भारत वाट आउने नागरिकलाई प्रवेश गर्न दिने अनुमती छैन, पुरीले भन्नुभयो ‘नागरिकहरु स्वेयः आफै नेपाल प्रवेश नगर्न अनुरोध छ ।’
अलपत्र परेका नागरिकहरुलाई नजिकैको स्थानिय तहले खानाको व्यवस्था गरेका छन् । कृष्णनगर क्षेत्रमा अलपत्र परेका नागरीकलाई कृष्णनगर नगरपालिकाले खानाको व्यवस्था गरेको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । उनीहरुको उद्धारको लागि जिल्लामा मार्फत पहल भइरहेको शाहले बताउनुभयो ।
भारतीय प्रहरी एसएसबि सँग छलफल भइरहेको भएपनि अझै निचोड आउन नसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुभयो । ‘अहिले नेपाल ल्याउने सम्भावना छैन्,भारतीय क्वारेन्टाइनमा राख्नको लागि छलफल भइरहेको छ, पौडेलले भन्नुभयो ‘छलफल पछि भारतमै पठाउछौ ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया