Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लकडाउनमा औषधि नपाएर मुटुरोगी महिलाको ज्यान गयो, चार नाबालकको बिचल्ली

बझाङ  – लकडाउनको कारण नियमित खाने औषधी खान नपाएर साईपाल गाउँपालिका वडा नम्बर १ धलौन घर भएकी एक महिलाको सोमबार ज्यान गएको छ । सैँतालिस वर्षीया दीर्घरोगी कंकादेवी बोहराको अस्पतालमा ज्यान गएको हो । मुटुको भल्वमा समस्या भएकी बोहराले विगत ६ वर्षदेखि नियमित औषधि सेवन गर्दै आउनुभएको थियो । 

विगत एक वर्षदेखि सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आउनुभएकी बोहराले खाने नियमित औषधि दुई साताअघि सकिएपछि उहाँको स्वास्थ्य कमजोर हुँदै गएको थियो । जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले नियमित औषधि सेवन गर्न छोडेकै कारण  बोहराको मृत्यु भएको बताउनुभयो । 

डाक्टर ओखेडाले भन्नुभयो, ‘बोेहराले नियमित खानुपर्ने औषधि दुई हप्तादेखि नपाएर खान छोडेको रहेछ । गम्भीर अवस्थामा अस्पताल आएकी बोहराको ज्यान बचाउने प्रयास गर्दागर्दै पनि बचाउन सकिएन ।’ ओखेडाका अनुसार बोहराको स्वास्थ्य समस्याबारे केही अगाडि जानकारी भएको भए औषधि उपलब्ध गराउन पहल गर्न सकिन्थ्यो । 

आफ्ना पाँच र सात वर्षका दुई छोराका साथ बोहरा चैनपुरमा बस्दै आउनुभएको थियो ।  ‘नियमित खाने औषधि सकिएपछि आफ्नो स्वास्थ्यमा अप्ठ्यारो पर्दैगएको आफन्तहरुलाई उहाँले जानकारी गराउँदै आउनुभएको थियो,’ बोहराको डेरानजिकै बस्ने करिश्मा विकले भन्नुभयो, ‘लकडाउनमा उहाँको समस्या सम्बन्धित निकायसम्म नपुग्दा मृत्यु भएको हो ।’ 

स्वास्थ्य समस्या बल्झिँदै गएपछि डेरा वरपर बस्ने छिमेकीहरुले उहाँलाई पिठ्युँमा बोकेर दुई दिनअघि जिल्ला अस्पताल पुर्याएका थिए । मृतकका नाबालक छोराहरुले आमा अझै अस्पतालबाट किन आउनुभएन भन्दै आफूलाई सोध्ने गरेको  घरबेटी पवित्रा बोहराले बताउनुभयो । 

घरबेटी पवित्राले भन्नुभयो, ‘नाबालक छोराहरुलाई आमाको मृत्युबारे जानकारी गराइएको छैन । तर उनीहरुको खानापिनको व्यवस्था हामीले गरेका छौँ ।’ 
आमाको निधनपछि डेरामा रहेका २ छोरा र गाउँमा रहेका १ छोरा र एक छोरीको बिचल्ली भएको पवित्राले बताउनुभयो । 

‘हाम्रो पहलमा काठमाण्डौबाट औषधि मगाउने गरेका थियौँ । देशमा लकडाउन भएको कारण दुई हप्तासम्म पहल गर्दा पनि औषधि मगाउन नसकिएपछि उहाँको स्वास्थ्य समस्या बढ्दै गयो,’ पवित्राले भन्नुभयो ।  

एक दशकदेखि मुटुको समस्या झेल्दै आउनुभएकी बोहरालाई केही वर्षअघि काठमाण्डौमा उपचार गर्दा डाक्टरले अप्रेसन गर्न सुझाब दिएका थिए । तर त्यसलगत्तै  श्रीमान राजमल बोहरा र त्यसको केही वर्षपछि देबरको मृत्यु भएपछि घरायसी समस्या बढेर गयो । त्यसैले उहाँले अप्रेसन गराउन सक्नुभएन । 

मृतक बोहराले पाउने एकल महिला भत्ताले डेरामा बसेर छोराछोरीको पढाइ खर्चको साथै आफ्नो औषधि खर्चको जोहो समेत गर्दै आउनुभएको थियो । बोहराको दाहसंस्कार उहाँका आफन्तहरुले गरेका छन् । 

आमाको मृत्यु भएको जानकारी भएपछि उहाँकी छोरी बेहोस भएको मृतकका आफन्त वसन्त बोहराले बताउनुभयो । साना छोराहरुलाई आमाको मृत्युबारे जानकारी दिइएको छैन । आमा अस्पतालमा नै हुनुहुन्छ भन्ने छोराहरुले सोच्ने गरेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP