काठमाडौँ । नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीको शीर्ष तहमा रहेका नेताहरुको बोली र व्यवहारमा फरक पन आउँदा पछिल्लो समयमा सचिवालयको औचित्यमाथि नै प्रश्न उठेको बताउनुभएको छ । उहाँले बाहिर कार्यकर्तालाई एउटा कुरा भन्दै हिड्ने, सचिवालयको बैठकमा अर्को निर्णय गर्ने र फेरी बाहिर आएपछि अर्कै व्यवहार प्रकट गर्ने नेताहरुको प्रबृतिले पार्टी र कार्यकर्ताकै बदनाम भएको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै ज्ञवालीले नेकपाको विधानमा रहेको एक व्यक्ति एक पद मात्र मुख्य जिम्मेवारीको बिषयलाई सचिवालयमा रहेका नेताहरुले हल्का रुपमा लिएको बताउनुभयो । उहाँले सचिवालयले निकम्बा भएर निर्णय गराउन नसके पनि स्थायी कमिटी बैठकमा यो विषय दह्रोसँग उठ्ने र त्यो पारित गराएरै छाड्ने दावी पनि गर्नुभयो ।
उहाँले सचिवालय पार्टीको मुख्य निर्णायक तह भएपनि त्यहाँ रहेका नेताहरुको कम्जोरीका कारण विधानमा व्यवस्था भएको कुरा उहाँहरुले नै बारम्बार बाहिर उठाउँदै आएपनि कार्यन्वयनमा लान नसकेको भन्दै विधानमा भएको व्यवस्था स्थायी कमिटी वैठकमा उठ्ने र यो पटक निर्णय गराएरै छाड्ने बताउनुभयो
उहाँले यसो भन्नु पार्टी विरोधी र सरकार विरोधी कुरा नभएको दावी गर्नुभयो । स्थायी कमिटी आवस्यक छैन भन्ने नेताहरुप्रति प्रश्न गर्दै जवसम्म कार्यन्वयनमा हुदैन तबसम्म बैठकमा वारम्वार उठिरहने ठोकुवा गर्नुभयो ।
नेता ज्ञवालीले पार्टीका सचिवालयका नेता कहिले यता कहिले उता गर्दै बेमौसमी बाजा बजाइरहेको प्रतिक्रिया पनि दिनुभयो । कहिले प्रधानमन्त्रीलाई हटाउने त कहिले नहटाउने भन्दै सचिवालयका नेताहरु यताउता गरिरहेको भन्दै स्पष्ट धारणा ल्याउन नसकेको आरोप लगाउनुभयो । के कारणले गरिरहनुभएको छ स्पष्ट जवाफ चाहिने उहाँको भनाई छ ।
ज्ञवालीले भन्नुभयो,‘आफुहरुको मुख थुन्न कसैले सक्दैन र मिल्दैन । मुख थुन्ने प्रयास भए सरकार र पार्टी दुवैलाई घाटा लाग्छ । सत्ताको दुरुपयोग भएको कुरा वारम्वार आएको छ । स्थायी कमिटी वैठकमा यो कुरा नउठाउने ? उठाइन्छ’ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया