Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सेतीनदी जलविद्युतको काम: बन्दाबन्दीमा पनि धमाधम

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । बुटवलको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवर्दित सो आयोजनाको काम जारी बन्दाबन्दीका यही वैशाख २२ गतेदेखि शुरु भएको हो । कूल रु पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको शुरुआतमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ ।

दैनिक चारवटा एक्साभेटर र दुईवटा गाडीबाट बेसिन खन्ने र माटो व्यवस्थापन थालनी गरिएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले बताए । बेसिनसँगै निर्माणसँगै ‘एप्रोच क्यानल’ निर्माणको कामसमेत भइरहेको बताइन्छ । ६० मिटर लम्बाइ र २३ मिटर चौडाइको बेसिन २२ मिटर गहिरो बन्नेछ ।

आगामी २५ देखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमण त्रासको हालको विषम परिस्थितिमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम शुरु गरिएको अध्यक्ष पोखरेलको भनाइ छ । आयोजनामा काम गर्ने कामदार तथा मेशिन चलाउने अपरेटरलाई अन्य बाहिरी व्यक्तिसँगको सम्पर्कबाट टाढा राखिएकाले समेत सङ्क्रमणको सम्भावित जोखिमको अवस्था नरहेको बताइन्छ ।

‘आयोजनालाई निर्धा्रित समयभित्र सम्पन्न गर्न अहिलेको असहज अवस्थामा समेत काम अघि बढाइएको छ । सरकारले तय गरेका सबै प्रकारका प्रोटोकलको पालना गर्दै निर्माण कार्यमा संलग्न मजदुरलगायत अन्य प्राविधिक कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेर सुरक्षित तरिकाले काम गरिरहनुभएको छ’, अध्यक्ष पोखरेलले भने ।

भराभरीमा आयोजनाको बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत गृहमा १८७ मिटर उचाइबाट खसालिने छ ।

आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा रहेको गाउँपालिकाको वडा नं ४ लाहाचोकमा निर्माणाधीन सवस्टेशनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्र्ने गरी गत माघमा सिभिल कन्स्ट्रक्सनको जिम्मा रसुवाले पाएको हो ।

सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन(प्रशासरण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको पोखरेलले जानकारी दिए । एक महिनापछि आयोजनाको कङ्क्रिटलगायत सबै क्षेत्रको निर्माण कार्य अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले गाउँपालिका तथा वडाबाट प्राप्त सहयोगले काममा ऊर्जा मिलेको बताए ।

अध्यक्ष पोखरेलले भने, ‘यहाँको गाउँपालिका, वडाध्यक्ष तथा स्थानीयवासीबाट आयोजनाका लागि प्राप्त सहयोगले तोकिएको समयभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेमा हामी विश्वस्त छौँ । ऊर्जामा गण्डकी प्रदेश तथा समग्र राष्ट्रलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रबाट सञ्चालित यस आयोजना महत्वपूर्ण छ ।’

धेरैभन्दा धेरै स्थानीयवासीको लगानी, प्रदेश र स्थानीय सरकारको सहयोग तथा हिउँदयाममा समेत नदीमा पानी नघट्ने र प्रसारण लाइन निर्माणमा सहजता आयोजनाका लागि सकारात्मक पक्ष रहेको प्रालिले जनाएको छ । आयोजना शुरु भएसँगै यस क्षेत्रमा ‘एग्रो टुरिजम’ र ‘हाइड्रो टुरिजम’को विकासमा सघाउने विश्वास लिइएको छ ।

आयोजनाको कूल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम लुम्बिनी ऊर्जा प्रालिले लगानी गर्नेछ । आयोजनामा लगानीका लागि स्थानीयवासीसमेत उत्साहित देखिएका छन् । स्थानीयवासी ४०० जनाले आयोजनामा लगानी गरेको परियोजना प्रबन्धक लेखनाथ पाण्डेले जानकारी दिए ।

आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा ६ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ । सो जलविद्युत् आयोजना निर्माण शुरु भएसँगै आयोजनाले स्थानीयवासीलाई समेत विभिन्न सहयोग गर्दै आएको छ ।

खेलकूद, शिक्षा र स्वास्थ्यका क्षेत्रका केही सहयोग गरिएको बताउँदै परियोजना प्रबन्धक पाण्डेले आयोजनामा रोजगारीका लागि स्थानीयवासीलाई प्राथमिकता दिइने बताए । केही दिनअघि आयोजनाले गाउँपालिका र वडा नं २ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधारः समृद्ध माछापुच्छ्रेको मूल आधार’ लाई अवलम्बन गरेको माछापुच्छ्रे गाउँपालिकाले निर्माण शुरु गरिएको जलविद्युत् आयोजनालाई अघि बढाउन स्थानीय सरकारबाट आवश्यक सम्पूर्ण सहयोग उपलबध गराइने गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ बताउँछन् ।

कठिन अवस्थामा समेत आवश्यक सुरक्षाका उपाय अवलबम्वन गर्दै आयोजना सञ्चालन गराउनका लागि गाउँपालिका आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

‘गाउँपालिकाभित्र रहेका सेती, मर्दी र इदी नदीमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना छ, जलसम्पदाको उपयोग गरी विद्युत् उत्पादनका माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी छौँ । बाह्य लगानी आकर्षित गर्ने तथा आयोजना सञ्चालनका क्रममा आइपर्ने समस्या समाधानमा स्थानीय सरकार प्रतिबद्ध रहेको छ’, अध्यक्ष गुरुङले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP