Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

त्रिविको २५ प्रतिशतमा मात्र अनलाइन पहुँच

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसका कुल विद्यार्थीको सरदर २५ प्रतिशतले मात्र अनलाइन माध्यमबाट कक्षा लिइरहेको पाइएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बन्दाबन्दीमा पठनपाठन नियमित बनाउन त्रिविले विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालनसम्बन्धी निर्दे्शिका हालै जारी गरेको थियो ।

सो निर्दे्शिकाअनुसार करिब सात सय सामुदायिक क्याम्पसमध्ये मुस्किलले ४५ वटाले मात्र अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएका छन् ।

नेपाल पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शिवराज सञ्जेलले त्रिविले आफूहरूसँग परामर्श नगरी एकै पटक अनलाइन विधिबाट अध्यापन गर्नुपर्ने व्यवस्था गरेको गुनासो गर्दै भने, ’सबैको पहुँचमा इन्टरनेट छ, छैन ? सबैले अनलाइनबाट अध्यापन गर्न सक्छन् वा सक्दैनन् ?’ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्यायले अनलाइनबाट अध्यापन गर्न पाठ्यक्रम पनि सोहीअनुरूपको विकास गर्नुपर्ने भन्दै भप्नुभयो, ’अनलाइनबाट अध्यापन गर्न शैक्षिक सामग्रीको ई–कपी पनि हुनुपर्छ । त्यो विकास गरिएकै छैन ।

कुलेश्वरको जनमैत्री क्याम्पसका प्रमुख भोला ओझाले अनलाइनबाट विद्यार्थीलाई बुझाउन नसकिने भएकाले तत्काल कामचलाउ मात्र भएको बताउँदै अनलाइनबाट अध्यापन विधि प्रभावकारी नभएको चर्चा गर्नुभयो।

पोखराको जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरन्जी गौतमले सामुदायिक क्याम्पसहरू प्रायः ग्रामीण भेगमा भएकाले अनलाइनमार्फत अध्यापन गर्न प्राविधिक रूपमा कठिन भएको गुनासो गर्नुभयो। कैलाली बहुमुखी क्याम्पस धनगढीका प्रमुख डा. पदमराज जोशीले बन्दाबन्दी सकिएपछि पुनः विद्यार्थीलाई अध्यापन गर्नुपर्ने हुन्छ भनेर नयाँ विषय अध्यापन नगर्ने गरिएको बताउनुभयो।

कावासोतीको मध्यबिन्दु बहुमुखी क्याम्पसका प्रमुख मुक्ति पाण्डेले त्रिविले आफू अन्तर्गतका क्याम्पसहरूको सहकार्यमा अध्यापन विधिका विकल्प तय गरिदिनुपर्ने सुझाव दिनुभयो। सूचना प्रविधि विशेषज्ञ पदमराज पन्तले त्रिविको पाठ्यक्रम अनलाइन कक्षामार्फत अध्यापन गर्न मिल्ने खालको नभएको तर्क गर्नुभयो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP