Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लिम्पियाधुरा इतिहास देखिनै नेपालको नक्सामा छैनः मन्त्री अर्याल

 भूमि व्यवस्था सहकारी तथा गरिबि निवारणमन्त्री पद्मा अर्यालले नेपालको नक्सामा लिम्पियाधुरा इतिहास देखिनै नेपालको नक्सामा नभएको बताउनुभएको छ । कालापानी र लिपुलेक अहिले नेपाली नक्साभित्रै रहेपनि लिम्पियाधुरा इतिहासदेखिनै नभएको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री अर्यालले लिम्पियाधुरा नक्सामा नदेखिएपछि यो सहित राखेर नेपालको नक्सा प्रकासित गर्ने तयारी भइरहेका बेला नेपाल भारत सीमा बार्ताको कुरा आएकाले नक्सा प्रकाशनमा ढिलाई भएको जानकारी दिनुभयो । उहाँले भारतले नक्सामा यी भूभागहरु राखेर प्रकासित गरेपछि यो कसरी पर्यो भन्ने विषयमा नेपाल सरकारले भारतसँग चासो राखेको दावी गर्नुभयो ।

उहाँले सीमाका विषयमा अहिलेको सरकारले पटक पटक भारत सरकारलाई नोट जारी गरी कुटनीतिक छलफलको तयारी गरिरहँदा कोरोना संक्रमण फैलिएकाले रोकिएको बताउनुभयो । मन्त्री अर्यालले भारत चीनका वीचमा भएको सहमतिको कुरामा पनि नेपाल सरकारले पहिले देखिनै उठाएर विरोध जनाउदै आएको दावी गर्नुभयो ।

नेपाल भारत सीमा क्षेत्रमा देखिएको विवाद समाधान गर्न नेपाल सरकारले बारम्बार पत्र पठाएको तर, उताबाट केही ढिलाई भएको मन्त्री अर्यालको तर्क छ । उहाँले अहिले भारत उद्घाटन गरेको भनिएको सडकका विषयमा पनि सरकारले अहिले नभएर चीन र भारतबीच सहमति भएकै समयदेखि विरोध जनाउदै आएको बताउनुभयो ।

उहाँले भारत सरकारले नेपाल सरकार सँग एकथरी कुरा अर्को थरी काम गर्दै आएकाले यो भारतको बलमिच्याई भएको जिकिर गर्नुभयो । भारतसँग बार्तामा नबसी सीमाको विषयलाई अन्र्तराष्ट्रिय करण नगरिने र भारत सरकारको भनाई र गराइमा यसरीनै फरक शैली आए कडा कुटनीतिक विषयलाई उठाउने बताउनुभयो ।

मन्त्री अर्यालले भन्नुभयो,‘ नक्सा सवार्जनिक गर्न ढिलाई भएको हो । लिम्पियाधुरा पनि राख्ने तयारी गरिएको हो तर, पहिले बार्तामा बसेर टुग्याउ भन्ने भएर ढिलाई हुनगयो । बार्तामा नवसी यो मुदा अन्र्तराष्ट्रिय करण गर्ने कि नगर्ने भन्ने कुरा अहिले हुँदैन बार्ता मिलेन भने जान्छ । २ सय वर्षदेखि अहिले सम्म किन टुग्गिएन भनेर पनि हेर्नुपर्छ । जमनादेखिका सरकारलाई थाहा थियो यो विषय । कुटनितिक पहका लागि र सहमतिका लागि त दुई देशबीच बार्ता हुनुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP