काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भूभागमा भारतले खुलेआम बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति सरकारको दलाली र लाचारी खुला रूपमा प्रकट भएको टिप्पणी गरेको छ। विप्लव नेकपाले नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष सुरु गर्ने चेतावनी समते दिएको छ।
भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रष्ट भएको उल्लेख गर्दै विप्लव समूहले अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ।
नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको विप्लव समूहको ठहर छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया