Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दलितमाथि छुवाछुत गर्नेलाई संरक्षण गरेको भन्दै प्रदेश सांसदको राजीनामा माग

काठमाडौं। विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका नेता जीतु गौतम र गणेश बिक, नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा तथा संयुक्त दलित सङ्घर्ष समिति, नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ र दलित गैरसरकारी संस्था महासङ्घलगायत सङ्घसंस्थाले प्रेस विज्ञप्ति जारी गरी थापाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्।

पोखरा महानगरपालिका १६, बाटुलेचौरमा गत चैत २६ गते मोहन सुनारका भाइ समरबहादुरको मृत्युपछि काजकिरिया गर्न नजिकैको सामुदायिक भवन प्रयोगका निम्ति अनुमति माग्दा स्थानीयवासी देवबहादुर थापा, जनक थापालगायतले सुनारमाथि दलित भएकै कारण जातीय अपमान, गालीगलोज र धाकधम्की दिई जाति विभेद गरेको आरोप लगाइएको छ ।

पीडित सुनारले आफूमाथि जातीय भेदभाव तथा छुवाछूत भएको जनाउँदै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछूत कसूर (सजाय ऐन) २०६८ अनुसार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए ।

स्थानीय समाजसेवी र दलित अगुवाको दवावमा पाँच दिनपछि पीडक भनिएका थापाद्वय र राम बिसी पक्राउ परेका छन् । सो घटनालाई कानूनी दायरामा ल्याउन सहयोग गर्नाको सट्टा प्रदेशसभा सदस्य थापाले उल्टै जातीय भेदभाव तथा छुवाछूत गरेको भनिएकाहरुलाई समर्थन गर्ने विज्ञप्ति जारी गरेको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन् ।

कांग्रेस निकट नेपाल दलित सङ्घले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्य थापालाई अभियुक्तसरह पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ । -रासस 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP