Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना संक्रमणको जोखिम थप बढेर गएको छः प्रवक्ता

काठमाडौँ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणको जोखिम बढेर जाने सम्भावना देखिएको बताउनुभएको छ । उहाँले सरकारले अत्यावस्यक बस्तु र कार्यलय सञ्चालनका लागि लकडाउन केहि खुकुलो बनाएको अवस्थामा सर्वसाधारणको बढी चहलपहलले खतरा बढाउने भन्दै सर्तक रहन आग्रह पनि गर्नु भएको छ ।

नेपाली रेडियो नेटवर्कका नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सरकारले विशेष क्षेत्रको परिचान गरी परिक्षेको दायरा बढाएर लाने तयारी गरिरहेको जानकारी दिनुभयो । देवकोटाले सवैमा चाँडो परिक्षण गर्नुपर्ने भएकाले दवै प्रविधिबाट नै परिक्षण भइरहेको र परिक्षण बढाउन आवस्यक सामाग्रहरुको व्यवस्था भइसकेको बताउनुभयो ।

उहाँले चीन र अरु देशबाट सामान आइसकेकाले पीसीआरको संख्या बढाउने बताउनुभयो । उहाँले केहि दिन सामान अभावले परिक्षण बढाउन नसके पनि अहिले किट र अरु चिकित्सकिय उपकरणको अभाव नभएको बताउनुभयो ।

आहिले सम्म संक्रमितहरुको संख्या हेर्दा धेरै जसो भरतबाट आएका हरुमा नै भेटिएको बताउनुभयो । उहाँले नेपालमा रहेका भारतीय नागरिकहरुलाई सुरक्षीत राखिएको बताउनुभयो । भातरबाट लुकेर धेरै आएको छ । लकडाउनको समयमा केहि अत्यावस्यक सामान र आवस्यक कार्यलय सञ्चालनका लागि मात्रै खुकुलो बनाइएको देवकोटाको भनाइछ ।

उहाँले संक्रमितहरु बढ्दै गएकाले लकडाउन खुकुलो हुने अवस्था नेदेखिएको भन्दै फोकस एरियाहरुलाई अब हिट गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । अब टेस्टको दायरा बढाएर सीमामा पनि परिक्षण गरेर नेपालीहरु ल्याउने व्यावस्था गर्नुपर्ने र नगरे थप महामारी बढ्ने र क्वारेन्टाइनमा राखिएका कोहि पनि विना परिक्षण घर नगएको देवकोटको भनाइछ ।

उहाँले अहिले संक्रमितको संख्या बढेसंगै फोकस एरियालाई केन्द्रमानेर काम अगाडी बढाइएको र जोखिम अधmै बढेर जाने अवस्था देखिएको दावी गर्नुभयो । सरकारले लकडाउन खुकुलो बनायो भनेर बाहिर नहिड्न आग्रह गर्दै थप जोखिम बढ्ने कुरालाई मध्यनजर गर्न देवकोटाको आग्रह छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP