Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘भारतले सडक खनेको थाहै पाइनँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक हुनुअघि भारतले नेपाली भूमिमा सडक खनेको भन्ने आफूले थाहा नपाएको बताउनुभएको छ। ‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दै छ भन्ने मलाई कुनै जानकारी थिएन,’ मंगलबारको मन्त्रिपरिषद् बैठकमा ओलीले भन्नुभयो, ‘पत्रपत्रिकामा खबर आएपछि पो बल्ल थाहा भो, म त छक्क परें ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने भारतले सन् २०१२ देखि नेपालको पश्चिमी भूमिमा सडक बनाइरहेको सूचना सरकारलाई रहेको भनेर संसदलाई जानकारी गराइसक्नुभएको थियो। उहाँले आइतबार सरकारका तर्फबाट संसद् र संसदीय समितिलाई भारतले कालापानी र लिपुलेक क्षेत्रमा बाटो बनाइरहेको सूचना पहिले नै थाहा भएको बताउनुभएको हो।

मन्त्रिपरिषद् बैठकमा ओलीले नेपाल र भारतबीचको सीमा समस्या पहिलेदेखि नै रहेको उल्लेख गर्दै त्यसलाई कूटनीतिक माध्यमबाट हल गर्नुपर्ने बताउनुभयो। ‘५४र५५ सालतिर अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराईजी र दीपकप्रकाश भट्टजीको छुट्टाछुट्टै टोलीले त्यो ठाउँमा मार्चपास पनि गरेका थिए, त्यसअघि संसद्मा पनि सीमा समस्याबारे कुरा उठेको थियो,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक मन्त्रीले भन्नुभयो।

‘भारतले हामीमाथि बलमिच्याइँ गरेको पहिलेदेखि नै हो तर यो समस्याको समाधान बाटोघाटोमा उफ्रेर हुन्न, कूटनीतिक तवरबाट गर्नुपर्छ, हामी सबै जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, मन्त्रीज्यूहरूले पनि तथ्यपरक कुरा गरौं,’ उहाँले भभन्नुभयो।

ओलीले अहिलेसम्म थाहा पाएको र पढेको इतिहासमा नेपालको कुनै पनि नक्साले लिम्पियाधुरा नसमेटेको स्मरण पनि मन्त्रीहरूलाई गराउनुभएको थियो। ‘अब हामीले थाहा पाएदेखि नै नेपालको नक्सामा लिम्पियाधुरा छापेको थाहा छैन, संविधान बनाउँदा छापिएको नक्सा पनि लिम्पियाधुराबाहेककै नक्सा छ,’ बैठकमा उहाँले भन्नुभयो, ‘सुगौली सन्धि र त्यसयताका अध्ययन दस्ताबेजअनुसार पनि लिम्पियाधुराभन्दा पूर्वपट्टिको सबै भाग नेपाल नै हो, यसमा त हाम्रो स्पष्ट अडान हुनैपर्छ ।’ उहाँले सीमा रक्षाका सन्दर्भमा एकताबद्ध भएर अघि बढ्न मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो।

‘द्विपक्षीय कूटनीतिक वार्ता र सहमतिको माध्यमबाटै सीमा विवाद हल गर्नककपर्छ । त्यसका लागि वार्ता गर्न पहल भइरहेको छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले सीमा विवादबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेकामा असन्तुष्टि प्रकट गर्नुभएको थियो। उहाँले कूटनीतिक वार्ताबाहेक सीमा विवाद समाधान गर्ने अर्को विकल्प नरहेको उल्लेख गर्दै सबै मन्त्रीलाई त्यसबारेमा जथाभावी सार्वजनिक अभिव्यक्ति नदिन र जिम्मेवार बन्न निर्देशन दिनुभयो।

प्रधानमन्त्री ओलीले सीमा विवाद टुंग्याउन सरकारले पटकपटक पहल गर्दै आए पनि भारतको नियत ठीक नभएकाले समाधान हुन नसकेको बताउनुभयो। भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको विषयमा ईपीजीका तत्कालीन भारतीय पक्षका सदस्य भगतसिंह कोसियारी (हाल महाराष्ट्रका गभर्नर) सित वार्ता गरेको भए पनि सकारात्मक जवाफ नआएको उहाँले बताउनुभयो।

बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली भूमि लिपुलेक र कालापानी हुँदै भारतले चीनको मानसरोवर जाने सडक बनाएको बारेमा ब्रिफिङ गर्नुभएको थियो। उहाँले भारतीय राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर लिखित पत्र दिई नेपाली भूमि अतिक्रमणको विरोध प्रकट गरिसकेको उल्लेख गर्दै समस्या समाधानका लागि भारतसित तत्काल वार्ता गर्ने प्रयास भइरहेको जानकारी गराउनुभएको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP