काठमाडौं । नारायणी अस्पतालबाट भागेका एक कोरोना संक्रमित फिल्म हलमा भेटिएका छन् । बुधबार (आज) दिउँसो अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुईजनामध्ये एकजना भने हलमा भेनिटएका पर्सा प्रहरीले जनाएको छ ।
अस्पतालबाट भागेपछि उनी बन्द रहेको फिल्म हलमा गएर लुकेको अवस्थामा प्रहरीले फेला पारेको हो । अर्का व्यक्तिको पनि खोजी भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर साहले जानकारी दिनुभयो ।
अस्पतालको सर्जिकल वार्डमा आइसोलेसन बेड तयार गरी राखिएका ती दुई संक्रमित शौचालयको झ्यालबाट भागेका थिए । उनीहरुलाई मंगलबार (हिजो) साँझ अस्पताल भर्ना गरिएको थियो । हिजो पर्सामा ५७ जना संक्रमित भेटिएका थिए । त्यसमध्येकै दुईजना आज भागेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया