थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा कपिलवस्तुका ८ जना रहेका छन् । भारत सग जोडिएको कपिलवस्तुको कृष्णनगरमा रहेको महेन्द्र माबी क्वारेन्टाइन मा बसेका नागरिक रहेको बुझीएको छ । उनीहरु मध्ये कृष्णनगरमा रहेका सुरक्षाकर्मीहरु पनि रहेको जानकारी आएको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि संक्रमित रहेका जानकारी आएको छ वाकि कहि समयमा पुष्टी हुन्छ’ शिवराज अनलाई सग कुरा गर्दै शाहले भन्नुभयो ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेका छन् ।रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, र ४१ वर्षका पुरुष तथा ४, १० र २८ वर्षका महिलामा संक्रमण भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै कपिलवस्तुमा २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ । नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया