Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

काेराेना महामारीबाट बाहिर निक्लिन समय लाग्नेछ : विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिँदै काेराेना भाइरस कहिल्यै समाप्त नहुने हाे कि ? भन्ने सम्भावना रहेकाे बताएकाे छ । साथै विशेषज्ञहरुले याे महामारीबाट विश्वभर मानसिक स्वास्थ्यकाे सङ्कट उत्पन्न हुने बताएका छन् । 

बुधबार ग्लाेबल हेल्थले काेराेना भाइरस कहिले समाप्त हुन्छ भनेर आँकलन गर्न नसकिने जनाएकाे छ । विश्व स्वास्थ्य सङ्गठनका आपत्कालीन प्रमुख (इमरजेन्सी चीफ) माइकल रायनले भने, ‘हामी याे चीजलाई लिएर स्पष्ट र तयार रहनु आवश्यक छ । काेराेना हाम्राेबीच क्षेत्र विशेषकाे एक अन्य भाइरस बन्ने र कहिल्यै समाप्त नहुने हाे कि भन्ने सम्भावना रहेकाे छ । याे कहिले समाप्त हुन्छ भनेर ठाेकुवा गर्न सकिँदैन । यसकाे कुनै तारिख छैन । याे राेग हामीहरुबीच लामाे समयकाे सङ्कट बन्न सक्छ ।’  

विश्व स्वास्थ्य सङ्गठनकाे मानसिक स्वास्थ्य विभागकाे एक अन्य रिपाेर्टमा संयुक्त राष्ट्रकाे अर्काे खतरनाक सङ्कटलाई लिएर सचेत गराइएकाे छ । मानसिक स्वास्थ्य विभागका निर्देशक डेवाेरा केस्टलका अनुसार– एक्लाेपन, डर, अनिश्चितता, आर्थिक उतारचढाव यी सबै मनाेवैज्ञानिक समस्याकाे कारण बन्न सक्छ । उनका अनुसार आउँदा दिनमा बालबालिका, युवा र स्वास्थ्यकर्मीमा पनि मानसिक कमजाेरी देखिने सम्भावना छ । 

उनी अघि भन्छन्, ‘पूरै विश्वका नागरिककाे मानसिक स्वास्थ्य र जीवन याे महामारीबाट प्रभावित भएकाे छ र यसलाई प्राथमिकता दिनु आवश्यक छ ।

रुसमा काेराेना सङ्क्रमितकाे सङ्ख्या बढेर दुई लाख ४२ हजार दुई सय नाघेपछि याे बयान सार्वजनिक भएकाे हाे । सङ्क्रमणकाे हिसाबले रुस विश्वकाे दाेस्राे देश बनेकाे छ भने अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ ।

अमेरिकामा १३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकाेमा ९० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । रुसमा ज्यान गुमाउनेकाे सङ्ख्या दुई हजार दुई सय १२ छ । तर अधिकारीहरुले अप्रिल महिनामा भएकाे मृत्युमध्ये ६० प्रतिशत मृत्युकाे कारण अरु नै थियाे । 

रुसमा मस्काे सबैभन्दा अधिक प्रभावित छ, जहाँ एक हजार दुई सय ३२ जनाकाे ज्यान गएकाे छ । रुसकी स्वास्थ्य मन्त्री तात्याना गाेलिकाेवाले तथ्यकाङ्कमा हेरफेर गरिएकाेबारेमा अस्वीकार गरेकी छिन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP