ओमप्रकाश गुप्ता
सिसहनियाँ
जन्म दिनमा कतिपयले केक कटाएर भोजभतेर गरेर हजाराै रकम खर्च गरिरहेका हुन्छन् । तर समाजमा यस्ता पनि व्यक्ति हुन्छन् जसले जन्म दिनमा दिनदुखीहरूको सेवामा सहयोग पनि गर्छन् । त्यस्तै मध्येको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी निलसागर सेवा अाश्रम तथा हिको संस्थाका अध्यक्ष स्वास्थ्यकर्मी प्रकाश विष्ट र उनका धर्मपत्नी मञ्जु विष्टकी सुपुत्री प्रमिशा विष्टले अाफ्नो १४ अाैँ जन्म दिन फरक तरिकाले मनाएकी छिन् ।
प्रमिशाले अाइतवार राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमका ३० जना अामाबुवाहरूलाई पुग्ने गरि ६ हजार २ सय ८० रूपैयाँ बराबरको ३० जोडी चप्पल र ३० पिस लुङगी र हाप पाइन्ट दिएर अाफ्नो जन्म दिन मनाएकी छिन् । विश्व व्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै अाफुले जन्म दिनमा दिनदुखीहरूको सेवाका लागि जन्म दिनमा थोरै भए पनि सहयोग गरेको उनले बताएकी छिन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया