Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

मिति: २०७७/२/४

प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण

कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील छौं ! सङ्गसङ्गै केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा नपु¥याइनहुने अवस्थामा सरोकारवाला सबै निकायहरूसँग छलफलमा छौंं । पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया छन् । आफै नियम कानूनको परिधिभित्र नरही गैह्रपेशागत र गैह्रकानूनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयंले लिनुपर्ने ब्यहोरा दुःखका साथ अवगत गराउन बाध्य छौं । सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझिदिनसमेत बिनम्र आग्रह गर्दछौं ।
यसबीच कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्वीर र वैयक्तिक विवरण राखी सामाजिक सञ्जालमा पोष्ट भएका, अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको छ । यसरी सम्प्रेषण गर्दा वैयक्तिक गोपनियताको प्रतिकूल हुनुका साथै मानवीय समवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने हुँदा आमपत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई थप सावधानी अपनाउनतर्फ समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।

(रामशरण बोहरा)
उप–प्रशासकीय अधिकृत

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP