कपिलबस्तु, फाल्गुण १ ।
मुलुककै पुरानो नगरपालिका एवं सदरमुकाम तौलिहवाको मुहार परिवर्तनोन्मुख रहेको छ । सदरमुकाम तौलिहवामा नगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान शुरु गरेपश्चात अहिले ब्यवस्थित सहरीकरणमा परिणत हुँदै गएको छ ।
सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालेपछि कपिलबस्तु नगरपालिकाको अग्रसरतामा सडक फराकिलो र ब्यवस्थित बनाउने अभियान शुरु गरेको हो ।
सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान शुरु गरेको नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए । “जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन शुरु गरेका हौँ”, प्रमुख पौडेलले भने ।
फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेपनि अटेर गरेपछि हटाउन शुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल बताउँछन् । फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन शुरु गरेपछि पैदलयात्रु तथा स्थानीयलाई सहज हुने बिश्वास लिइएको छ ।
सडक पेटीमा राखिएका सामानहरु हटाउनका लागी नगरमा बसेको बैठकले निर्णय गरि निरन्तर अनुगमन समेत गरिएको अधिकृत पौडेलले बताए । फुटपाथ अतिक्रमण गरी अव्यवस्थित रूपमा राखिएको ठेलाका कारण पैदलयात्रुलाई हिँड्न समेत कठिनाइ भएकाले अभियान शुरु गरिएको पौडेल बताउछन् ।
वडा नं. १ का अध्यक्ष जाहिद खाँन, वडा नं. २ का अध्यक्ष अशोक कुमार गुप्ता, ट्राफिक प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी लगायतको सहभागितामा अतिक्रमण हटाउने अभियान सुरु गरिएको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया