काठमाडौं । परीक्षणको गति तीब्र पारिएसँगै प्रदेश २ मा संक्रमित थपिने क्रम बढ्दै गएको छ। हालसम्म सबैभन्दा बढी संक्रमित प्रदेश २ मा फेला छन्। सोमबार बिहान रौतहटमा ८ र बारामा १ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ।
यसअघि आइतबार मात्र रौतहटमा १० जना संक्रमित भेटिएका थिए। सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको छ। प्रदेश २ का आठवटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ।
प्रदेशमा सबभन्दा बढी संक्रमित पर्सा र रौतहटमा छन्। पर्सामा तीन भारतीयसँगै ९१ जना र रौतहटमा २१ जनामा कोरोना संक्रमण भेटिएका छन्। त्यसैगरी धनुषामा ६, महोत्तरीमा ४, बारामा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १–१ जना कोरोना संक्रमित फेला परेका प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिनुभयो।
उनका अनुसार संक्रमितहरुको उपचार वीरगञ्जको नारायणी उपेक्षेत्रीय अस्पतालको आइसोलेशन, वीरगञ्जकै सिद्धर्थ स्कुलको आइसोलेशन, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन र सप्तरीको राजविराज स्थित सगरमाथा अस्पतालको आइसोलेशनमा भइरहेको छ। अहिलेसम्म भेटिएकामध्ये अधिकांश कोरोना संक्रमित भारतबाट आएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया