कपिलबस्तु, १४ फागुन ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कपिलबस्तुले सरकारसमक्ष संघीय निजामती ऐन तत्काल जारी गरिनुपर्ने माग गरेको छ । संघीय तथा प्रादेशिक (लुम्बिनी) निजामती सेवा ऐन जारी नगर्दा कर्मचारीको मनोबल र कार्यसम्पादनमा प्रभाव परेको भन्दै नेराकसं (निजामती) कपिलबस्तुले दुबै सरकारसंग जोडदार माग गरेको हो ।
संघीय निजामती सेवा ऐन, २०७५ र प्रदेश निजामती सेवा ऐन (लुम्बिनी) संघीयताको भावना र मर्म अनुसार तत्काल जारी गरिनुपर्ने, निजामती कर्मचारीहरुको सरुवा, बढुवा र वृत्ति विकासलाई पूर्वानुमानयोग्य बनाउन ब्याच प्रमोसन सिस्टम (सामुहिक बढुवा प्रणाली) लागु गरिनुपर्ने, कर्मचारीको मनोवल उच्च बनाइ सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न निजामती वृत्ति प्रणाली लागु गरी सेवा प्रवाह र वृत्ति विकासको सीधा सम्बन्ध कायम गरिनुपर्ने माग संगठनले गरेको छ ।
यसैबीच, नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), कपिलबस्तुको बिस्तारित बैठकले संगठनको नयाँ नेतृत्व चयन समेत गरेको छ । शनिबार बसेको वैठकले नयाँ नेतृत्व चयन गरेको हो । वैठकले रमाकान्त शर्मा अध्यक्ष रहने गरि ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कपिलबस्तुको जिल्ला कार्यसमिति उपाध्यक्षमा निराजन कडरिया र सन्देश पन्थी, सचिवमा बालकृष्ण बरई, कोषाध्यक्षमा बैतुल्लाह धुनिया चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा ओमप्रकाश बिक, बिपिन भट्टराई, बासुदेव यादव चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कपिलबस्तुका अध्यक्ष रमाकान्त शर्माले जानकारी दिए । बैठकले तत्काल अवस्थामा ८ सदस्यीय समिती गठन गरिएको जनाइएको छ । बाँकी ३ जना सदस्यलाई मनोनित गरिने गरिने समेत शर्माले बताए ।
वैठकले सर्वसम्मत रुपमा केन्द्रिय महाधिवेशन प्रतिनिधि, केन्द्रिय महाधिवेशन पर्यवेक्षक र प्रदेश प्रतिनिधि र प्रदेश पर्यवेक्षक चयन गरेको छ । केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकमा रमाकान्त शर्मा, गणेश बहादुर अयेबी, प्रेम पौडेल, बालकृष्ण बरई, निराजन कडरिया र सन्देश पन्थी चयन गरिएको उनले बताए ।
नवनिर्वाचित अध्यक्ष शर्माले कर्मचारीको पेशागत हकहितका लागि संगठनका तर्फबाट आफूले दृढताका साथ काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले संगठनका सबै सदस्यको भावना अनुसार संगठनलाई अगाडि बढाइने बताए ।
बिस्तारित बैठकको उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमल चुँदाली, पार्टी संयोजक बिष्णु बेल्बासे, प्रदेश कमिटी सदस्य नारायण भुसाल लगायतले बोल्दै पार्टीलाई जिवन्त राख्न संगठन आवश्यक पर्ने भन्दै कर्मचारी संगठन पार्टीको लागि रक्तसञ्चारको भुमिकामा रहने बताएका छन् । सांगठनिक एकता नै शक्ति भएको भन्दै उनीहरुले सक्रियताका साथ संगठनलाई चलायमान बनाउँदै पेशागत हकहितमा केन्द्रित हुन आग्रह गरे ।
माओवादी समर्थक कर्मचारीहरु कार्यसम्पादन, अनुशासन र सेवा प्रवाहमा अव्वल भई फरक पहिचान दिनुपर्नेमा उनीहरुकोे जोड छ । कर्मचारीको प्रक्रियागत रुपमा नियुक्ति, सरुवा र सिफारिस गरिनुपर्नेमा अतिथीहरुको आग्रह रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द कपिलबस्तुका इन्चार्ज चुँदालीले सांगठनिक रुपमा एकताबद्ध र अनुशासित भएर अघि बढ्न सुझाव दिए । जिल्ला संयोजक बेल्बासेले कर्मचारीको पेशागत अधिकार, समस्या पहिचान र समाधानका लागी माओवादी केन्द्र प्रतिबद्ध रहेको उल्लेख गरे । कर्मचारीको उचित ब्यबस्थापनका लागी प्रक्रियागत र नीतिगत रुपमा काम गर्न सरकारसंग माग समेत उनले माग गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) प्रदेश सचिव कमलराज ओलीले कपिलबस्तुमा संगठनको फ्रयाक्सन इन्चार्ज तोकिनुपर्ने माग गरे । उनले प्रदेशको अधिवेशनको तयारीमा जुट्न समेत उनले सुझाएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका मजदुर संगठनका प्रतिनिधि नन्दकिशोर हरिजन, स्वास्थ्य महासंघका केन्द्रिय सदस्य हरिराम चौधरी, युवानेता एबी ढकाल लगायतको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया