Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

माओबादी केन्द्र कृष्णनगरको नगर बैठक तथा प्रशिक्षण सम्पन्न

कपिलवस्तु l नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको नगर बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम मुस्लिम कमिटी हालमा सम्पन्न भएको छ l

नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा को अध्यक्षता प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कमल चुदाली विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान,नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा निर्वाचन क्षेत्रीय संयोजक राजेन्द्र आचार्य, उद्योग व्यापार संघ जिल्ला उपाध्यक्ष तथा शिवराज नपा वडा नं ७ प्रतिनिधि भरत पोख्रेल लगायत रहेका थिए l

कार्यक्रममा शुभकामना तथा स्वागत गीता देवी सुनारले गरिन् l

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल चुदालीले नेकपा माओबादी केन्द्र अहिले सम्म परिवर्तनको प्रमुख शक्ति रहेको, दश बर्षे जनयुद्ध तथा जन आन्दोलनको परिणाम अहिलेका उपलब्धि हरू संबैधानिकरण भएको, राज्य प्रणाली को शासन व्यवस्था परिवर्तनमा नेकपा माओबादी केन्द्रको योगदान अविस्मरणीय रहने , अब नेकपा माओबादी केन्द्र ले जनताको अवस्थामा परिवर्तन गर्नूपर्नेमा माओबादी केन्द्रले काम गरिरहेको बताए l

कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले आजको गणतंत्र र धर्म निरपेक्ष राष्ट्र निर्माणमा जनयुद्ध तथा सहिदहरूको योगदान अविस्मरणीय रहने बताउदै सहिदहरूको योगदानको सधै कदर गर्दै पार्टी देश र जनताको हकहितमा सधै काम गर्ने बताए l

कार्यक्रममा बोल्दै बिष्णु बेल्बासेले पार्टीका साथीहरूलाई भ्रष्टाचारका बिरूद्ध जोडदार रूपमा आवाज उठाउन आग्रह गरे l कार्यक्रममा बोल्दै हजरत अलीले देशको विकासमा लाग्न सम्पूर्ण पार्टीका साथीहरूलाई आग्रह गरे l

कार्यक्रममा अनुप चौधरी, नूर मोहम्मद खान, प्रहलाद यादव, शाहिद खान, तोफेल खां, जगनारायण कलवार, शब्नम खातुन लगायत नगर कमिटी सदस्य तथा नेकपा माओबादी केन्द्र पार्टी समर्थक हरूको उपस्थित रहेको थियो l नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेश बन्जाडेले कार्यक्रम संचालन गरेका थिए l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP