Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विजयनगरका नदीजन्य पदार्थ उत्खनन्मा जेसीबी प्रयोग, सम्बन्धित निकाय मौन

घनश्याम भर, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाका नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्न जेसीबीको प्रयोग भएका छन् । नदीजन्य पदार्थ निकाल्न जेसीबी प्रयोग गर्न नपाइने भए पनि ठेकेदारहरुले खोलामा गैरकानुनी रुपमा जेसीबी प्रयोग गरेका छन् । ठेकेदारहरुले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकाली रहँदा सम्बन्धित निकाय मुकदर्शक भएर बसेका छन् ।

यसरी दिनदहाडै खोलामा हेबी मेसिनरी औजार प्रयोग हुँदा समेत कुनै पनि निकायले कारवाही नगरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले प्रहरी, प्रशासन, जनप्रतिनिधि र ठेकेदारहरुको मिलेमतोमा नै नदी दोहन भइरहेको आरोप लगाएका छन् । ठेकेदारले राज्यको सम्पत्ति दोहन गर्नुमा स्थानीय पालिका नै दोषी भन्दै आक्रोसित भएका छन् । उनीहरुले अहिले ठेकेदारहरुले मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीमा लुटतन्त्र मचाएको बताएका छन् ।

यसरी खोलामा दोहन भइ रहँदा पर्यावरण वातावारणमा ठुलो असर पर्ने भए पनि सम्बन्धित निकायले कानमा तेल, आँखामा पट्टी बाँधेर बसेको स्थानीयले गुनासो गरेका छन् । मापदण्ड विपरीत उत्खनन् भएकाले खोलामा बाढी आउँदा नदी कटानको सम्भावना रहेको बताए । लगातार बाटोमा टिप्पर दौडि रहँदा जनताको स्वास्थ्यमा असर परेको बताएका छन् । दिनभरी टिप्परका दौडानले स्थानीयबासीलाई दिक्कदार बनाएको छ । उनीहरुले ठेकेदारलाई बाटोमा पानी हाल्न भने पनि नसुनेँ झैँ गरेको बताए ।

यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोमाराम रिजालले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदारलाई कारवाही गर्ने बताए । उनले ठेकेदारले सम्झौता, नियम विपरीत नदीजन्य पदार्थ उत्खनन्, सङ्कलन, व्यवस्थापन गरेको पाइएका जिल्ला समन्य अनुगमन समिति लगायत गाउँपालिकाको टीमले कारवाही गर्ने बताए ।


अहिलेसम्म कुनै पनि निकायले खोलामा अनुगमन गर्न पुगेका छैनन् । बिसहवा खोला, गंगटे खोला, चिरई खोला र सुक्खा खोलामा जेसीबी प्रयोग भएका छन् । एन.बी. कन्ट्रक्शन शिवराजले बिसशवा खोला, विभू निर्माण सेवा सैँबु ललितपुरले गंगटे खोला, शिवगढी एन.आइ.पी निर्माण सेवा देवीचौर ललितपुरले चिरई खोला र लामा–गोल्डेन–शिवशक्ति जेभी महाराजगञ्ज काठमाडौँले सुक्खा खोलाको ठेक्का पाएको छ ।

यति मात्र होइन यी ठेकेदारहरुले जङ्गलमा नै डम्पिङ समेत गरेका छन् । विसहवा खोला र सुक्खा खोलाको नदीजन्य पदार्थको ढुवानी गर्दा जङ्गलसमेत मासिएको पाइएको छ । जङ्गलमा भएका बोट बिरुवा मासेर गाडी बाटोमा परिणत गरेका छन् । यस्तै चिरई खोलामा नजिकै उत्खनन् गरेर खोला छेउमै घाटघद्दीसमेत गरेको पाइएको छ । नदीजन्य पदार्थ निकासीका लागि विभिन्न मापदण्ड मिचेर ठेकेदारले दादागिरी शैलीमा नदी दोहन गरिरहेका छन् । सूचना पार्टी अनिवार्य भए पनि ठेक्का भएका ४ ओटै खोलामा सूचना पार्टी नराखी धमाधम अवैद्य नियम विपरीत कार्यमा ठेकेदारहरु संलग्न भएका छन् ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP