राष्ट्रियपत्र । चिकित्सा शिक्षा संघर्ष अभियानले अहिले चिकित्सा शिक्षा आयोगद्वारा परिक्षा सम्पन्न भई विद्यार्थी भर्ना प्रकियामा गैरजिम्मेवार भएको जनाएको छ । अभियानले भर्ना प्रक्रियामा नेपाल सरकारले नक्कली कागजात जाँच्ने कुनै विशेष समिति नबनाएको बताइएको छ । कागजात जाँच्ने विशेष समिति नभएकाले नक्कली प्रमाण–पत्र बनाई छात्रवृत्ति लिने नक्कली विद्यार्थीहरू समेत यसको फाइदा लिन सक्ने भन्दै एक विज्ञप्ति जारी गर्दै ध्यानार्षण गराएको छ ।
विद्यार्थीहरूले यी समस्या लिएर प्रधानमन्त्री कार्यालय पुगेर आफ्ना समस्या राख्दा चिकित्सा शिक्षा आयोगले सम्पूर्ण विद्यार्थीहरूको प्रमाण पत्रहरू जाँच गर्न नसकिने गैर जिम्मेवारी तर्क दिएको जनाइएको छ । यस अभिव्यक्तिले झन् ती नक्कली प्रमाण पत्र बनाउने विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्ने र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरू मर्कामा पर्ने हुनाले चिकित्सा शिक्षा संघर्ष अभियान यस शैली प्रति गम्भिर आपत्ति जनाएको छ ।
नक्कली प्रमाण पत्र बुझाई चिकित्सा शिक्षा आयोगबाट कुनै पनि शिषर्कमा छात्रवृत्ति वा अन्य सुविधा लिएको खण्डमा चिकित्सा शिक्षा संघर्ष अभियानले अख्तियार अनुसन्धान आयोगमा गई कटौटी प्रक्रिया जुन सुकै समयमा पनि गराउने चेतावनीसमेत दिएको छ । संघर्ष समिति अभियानले विभिन्न गोप्य समिति समेत गठन भएको पनि विज्ञप्तिमार्फत जनाउँदै नक्कली विद्यार्थीले पाएको छात्रबृत्ति जुन सुकै बखत पनि कटौटी हुने हुनाले नक्कली प्रमाण पत्र बुझाउने बिध्यार्थीहरूलाई सावधान हुन अनुरोध गरेको छ ।
चिकित्सा शिक्षा संघर्ष अभियानको कदमप्रति सम्पूर्ण विद्यार्थीहरूले साथ, सहयोग र सहकार्यका लागि सुर्य किरण जोशी र चन्दन कुमार गोईतलाई समेत अनुरोध गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया