Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भारतबाटै आएका थिए रौतहतका कोरोना संक्रमित पनि

काठमाडौं । रौतहटको सात कोरोना संक्रमित पनि भारतबाटै आएको खुलेको छ । त्यहाँस्थित इशनाथ नगरपालिकामा संक्रमित भेटिएका सातजना ६ दिनअघि मात्रै भारतबाट आएको खुलेको हो ।

उनीहरू भारतको दिल्ली र कानपुरबाट आएको इशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहताले जानकारी दिनुभयो । उनका अनुसार उनीहरूलाई सीमाबाट सोझै क्‍वारेन्टाइन पुर्‍याएर राखिएको थियो ।

उनीहरूलाई नगरपालिका ३ अरैयास्थित क्‍वारेन्टाइनमा राखिएको थियो । त्यस क्‍वारेन्टाइनमा रहेकामध्ये २७ जनाको चार दिनअघि नमूना संकलन गरिएको थियो ।

तीमध्ये सातजनामा आज संक्रमण देखिएको हो । राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा इशनाथ २, ३, ६, र ९ नं. वडाका २१ वर्षका दुईजना, २५ वर्षका दुईजना, २३, २९ र ३० वर्षका पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

योसँगै रौतहटमा कोरोना पुष्टि हुनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP