Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री

कपिलवस्तु । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विजयनगर गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । काठमाडौंको नयाँ बसपार्कमा अवस्थित न्यु कपिलवस्तु रुपन्देही गेष्ट हाउसको आर्थिक सहयोगमा अनाथ, गरिब तथा फरक क्षमता भएका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष शम्भु विकले जानकारी दिए ।

गेष्ट हाउसका संचालक निश्चल पन्थीले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक काम गर्ने मन्साय देखाएपछि संघले सहकार्य गरेको उनको भनाई छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षामा सबैको सरल र सहज पहुँच हुनुपर्ने बताए । उनले आफ्नो पालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।

उनले शिक्षा क्षेत्रमा राज्यले बर्षेनी अरबौं लगानी गरेको तर सोही अनुसार परिणाम हात नपरेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले विद्यालयहरुमा लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै गाउँपालिका विद्यालय र विधार्थीका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य चिन्ता परियारले समाजका हरेक वर्गको शिक्षामा उल्लेख्य सहभागिता बढाउन आवश्यक रहेको बताए ।

विद्यार्थीलाई शिक्षा आर्जन गर्ने क्रममा आईपर्ने विविध समस्याको निराकरण गर्न सबै सरोकारवाला गम्भिर बन्नुपर्ने उनको भनाई छ । उनले राज्यको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउँदै शिक्षा क्षेत्रमा व्यापक असमानता रहेको जिकीर गरे । उनले यस किसिमको असमानतालाई समाजलाई नकारात्मक दिशातर्फ उन्मुख गराउने भन्दै चिन्ता व्यक्त गरे । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गर्दै अब थप उत्साहका साथ अध्ययन गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जन्मदिनको अवसरमा यस किसिमको कार्यक्रम आयोजना गर्नु आफैमा उदाहरणीय रहेको भन्दै यसबाट सबैले पाठ सिक्न जरुरी रहेको बताएका थिए । २० जना विद्यार्थीलाई झोला, कापी र कलम वितरण गरिएको हो । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुका सचिव सागर विकको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार संघ कपिलवस्तुका सहसचिव सन्जिव गहतराजले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP