Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

कृष्णनगरमा स्वास्थ्यको अवस्था छिटै समाधान हुन्छः स्वास्थ्य मन्त्री बस्नेत

साउन १५, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगरमा रहेको शिवराज अस्पताल र नगरमा रहेका स्वास्थ्य चौकीहरुको अवस्था समाधान हुने बताइएको छ । अस्पताल र स्वास्थ्य चौकीहरुको अवस्था छिटै सुधारका लागि कृष्णनगरका मेयर रजत प्रताप शाहले संघीय मन्त्रीहरुलाई भेट गरि पहल गरेका छन् ।

उनले नगरभित्र रहेको स्वास्थ्यको विषयलाई लिएर नगर प्रमुख रजत प्रताप शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत र महिला तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई भेट गरेको जनाएका छन् । भेटको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले शिवराज अस्पताललाई व्यवस्थित बनाउने प्रतिक्रिया दिएको शाहले बताए ।

कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले नेपालकै दोस्रो पुरानो अस्पतालमा शिवराज अस्पताल रहेको बताउँदै मन्त्री बस्नेत समक्ष समस्या दर्शाएका थिए । उनले वीर अस्पताल पछिको शिवराज अस्पतालका समस्याको बारेमा मन्त्री बस्नेत र महिला तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यलाई अस्पतालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

अस्पताल सञ्चालनका लागि दक्ष जनशक्ति र प्रविधिको समस्या रहेको बताउँदै प्रदेश र केन्द्रको सहयोग आवश्यक रहेको भन्दै आवश्यक पहलका लागि गरेको बताए । शाहले अस्पताललाई गुणस्तर सेवा प्रवाह गर्न नगरले प्राथमिकताका साथ प्रयास गरिरहेको बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्री सुरेन्द्र राज आचार्य र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई उनीहरुकै निवासमा कृष्णनगर नगरपालिकाको विकास र समृद्धिमा नगरबासीको स्वास्थ्यलाई थप परिस्कृत गर्न शिवराज अस्पताल बहादुरगन्जलाई सुबिधा सम्पन्न अस्पताल बनाउने विषयमा शिष्टाचार भेट तथा गम्भीर छलफल भएको मेयर शाहले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP