७ भदौ, बारा : जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्।
काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनामा महोत्तरी लोहारपटीका ४१ वर्षीय विजयलाल पण्डित, भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह र ६५ वर्षकी मीरादेवीको मृत्यु भएको हो
यस्तै परिचय नखुलेकी ६५ वर्षीय एक महिला, अन्दाजी ६५–७० वर्षका एक पुरुष, ५५–६० वर्ष उमेरकी एक महिला र परिचय नखुलेकी अर्की ५५–६० वर्षकी अर्की महिलाको मृत्यु भएको
बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया