माधव बेल्बासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले विपत व्यवस्थापनमा अग्रभागमा खटिने प्रहरीलाई विपत व्यवस्थापन सामाग्री प्रदान गरेको छ । नगरको विपत व्यवस्थापन कोषबाट १ लाख ३८ हजार ४ सय २४ रुपैया बराबरको सामाग्री वडा प्रहरी कार्यालय चन्द्रौटालाई हस्तानतरण गरेको हो । प्रहरीले जोखिम मोलेर सुरक्षामा खटिने हुदाँ सामाग्रीहरुले सहयोग मिल्ने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । ‘केहि सामाग्री माग गर्नुभएको थियो,मागको आधारमा सुरक्षीत हुने सामाग्री प्रदान गरेको छौ, अधिकारीले भन्नुभयो ‘विपत केहिले काहाँ आउछ भन्ने थाहा हुदैन, त्यसैले पहिले सर्तकता अपनाउन जरुरी छ,।’
नगरपालिकाले फायर एक्टिव्युसन ५ थान, पेट्रोल चेन २ थान, लाइफ ज्याकेट १५ थान, साभेल १० थान, गैति ५ थान, बाल्टिन १० थान, आरा २ थान वडा प्रहरी कार्यालय चन्द्रौटालाई प्रदान गरेको हो । गर्मीयाम सुरु भएपछि आगलागिका घटना बढी हुने हुदाँ नगरपालिका सँग सुरक्षाका सामाग्री माग अनुसार प्राप्त गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो । ‘आफु बचेर काम गर्नुपर्ने हुदाँ स्रोत साधनको अभाव छ,खरेलले भन्नुभयो ‘नगरले गरेको यो सहयोगले विपतलाई सहजिकरण गनए मद्धत पुग्ने छ, ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया