काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व ईदले सम्पूर्ण जातजाती र धर्मावलम्बीलाई एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ ईद पर्व मनाउन देउवाले आग्रह पनि गर्नुभएको छ।
ईदको अवसरमा सबै इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै देउवाले पवित्र ईद पर्वले मुलुकमा शान्ति, सदभाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया