काठमाडौँ । कोरोनाका कारण विश्वभरी नै संकट उत्पन्न भइरहेका बेला सिमेन्ट व्यवसायीहरुले भने अमानवीय व्यवहार गरेका छन् । हरेक क्षेत्र आर्थिक संकटमा परेकाले राहत र सहयोगको आवश्यकता भइरहेपनि सिमेन्ट व्यवसायीहरुले उल्टै मुल्य बृद्धि गरेका छन् ।
कोरोना फैलिने त्रास बढेपछि सरकारले लकडाउन घोषणा गरेकाले केही दिन विक्रि वितरण बन्द भएपनि सिमेन्ट व्यवसायलाई घाटा नै पर्ने अवस्था भने छैन । तर पनि उनीहरुले लकडाउनलाई बाहना बनाएर सिमेन्टको मुल्य बृद्धि गरेका छन् ।
मुल्य बृद्धिको मामिलामा मारुती सिमेन्ट सवैभन्दा अगाडी देखिएको छ । लकडाउनका कारण समस्या भएको भन्दै मारुतीले प्रतिबोरा एक सय रुपैयासम्म बृद्धि गरेको छ । पुर्वी क्षेत्रका लागि त्योभन्दा पनि बढी बृद्धि भएको पाइएको उपभोक्ताहरुले बताएका छन् ।
त्यसैगरी अन्य सिमेन्ट कम्पनीहरुले पनि झण्डै चालिस रुपैयाको हाराहारीमा मुल्यबृद्धि गरेको पाइएको छ । बाध्यताले अहिले नै निर्माण कार्य गर्नु पर्ने समस्यामा परेकाहरुलाई च्यापेर उनीहरुले अतिरिक्त कमाउने होडवाजी गरेका छन् । मुल्यबृद्धि दिनप्रति दिन बढ्दै गइरहेको उपभोक्ता तथा विक्रेताहरुले बताएका छन् ।
सिमेन्टको मुल्य अत्यधिक बढ्दै जान थालेपछि निर्माण कार्यमा समेत नकारात्मक असर परेको भन्दै निर्माण व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । व्यवसायीहरुले मुल्यबृद्धि रोक्न र बृद्धिभएको मुल्य पनि फिर्ता गराउन निर्माण व्यवसायी महासंघलाई दवाव दिएका छन् ।
महासंघका पदाधिकारीहरुले पनि व्यवसायी, विक्रेता र क्रेताबाट गुनासो आइरहेकाले महासंघले चाल्ने कदमका बारेमा छलफल भइरहेको जानकारी दिएका छन् ।
शिवम् र युनाइटेडको उत्पादन बन्द
मुल्यबृद्धि गरेर सिमेन्ट विक्रि गरिरहेका मध्ये शिबम् सिमेन्ट र युनाइटेड सिमेन्टको अहिले उत्पादन बन्द भएको छ । उत्पादन गृह रहेको ठाउँका स्थानीय बासिन्दाको विरोधका कारण उत्पादन बन्द भएको जनाइएको छ ।
मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टको उत्पादन गृहलाई स्थानीय सरकारले नै बन्द गरिदिएको छ । त्यसैगरी धादिङ्को नौविसेमा रहेको युनाइटेड सिमेन्टको उत्पादन पनि स्थानीय सरकारले बन्द गरिदिएको छ ।
उद्योग क्षेत्रमा मानिसहरुको आवत जावत अत्यन्त धेरै भएको र कोरोना नसर्नेगरी आधारभूत सतर्कता पनि नअप्नाइएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएपछि स्थानीय सरकारले बन्द गराएका हुन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया