Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सुदूरका सामाजिक विकासमन्त्रीले भने, ‘सवैलाई थर्मल गन हानेका छौँ’

काठमाडौँ । सुदूरपश्चिमा प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सुदूपश्चिमका विभिन्न नाकाबाट नेपाल आएका नागरिकहरुको परिक्षण गरेरै पठाएको दावी गर्नुभएको छ । थर्मल गन पनि एक परिक्षण नै भएको उहाँको भनाइछ ।

नाकाबाट नेपाल छिरेका नेपाली नागरिकहरुको लागत समेत नराखि घर पठाउन बाध्य भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरुको गुनासो आइरहेका बेला सो भनाइलाई खण्डानगर्दै मन्त्री सुवेदीले सवैको थर्मल गनबाट परिक्षण गरिएको दावी गर्नुभएको छ । यो ज्वरो वा तापक्रम नाप्ने यन्त्र हो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री सुवेदीले सोमबार अवेर सम्ममा सुदूरपश्चिमका दुई नाकाबाट १८ हजार ९९ जना नेपाल भित्रिएको र सवैमा थर्मल परिक्षण भएको दावी गर्नुभएको छ । उहाँले जेठ ७ गते सम्म नेपाल छिरेकाको आरडीटी गरेको र ८ देखि १२ गते सम्म आएकाको थर्मल गनले परिक्षण गरेको बताउनुभएको छ ।

किट लगायतका सामाग्रीहरुको अभाव भएपछि स्वास्थ्यकर्मीहरुले पनि परिक्षण नगरी जो जहाका हुन् त्यही पालिकामा लगेर क्वारेन्टिमा राख्न सुझाव दिएपछि आएका जति सवैलाई यसरी पठाउने गरिएको सुवेदीको भनाइछ । हिजो मात्रै गड्डाचौकी र श्रीनगर भन्सार नाकाबाट ४८ सय नेपालीहरु स्वदेश भित्रिएका छन् ।

सामाजिक विकामन्त्री सुवेदीका अनुसार अहिले सम्म सुदूरपश्चिम प्रदेशमा २० जना आइसोलेशनमा छन भने १९ हजार ९ सय ५८ जना अट्ने क्वारेन्टिनलाई बढाएर २५ हजार पर्याउने तयारी गरिएको छ । यी क्वारेन्टिहरु कहिले तयार हुने हुन त्यसको यकिन भने छैन ।

सुवेदीले भन्नुभयो,‘किटको अभाव छ । हिजो मात्रै ४ हजार किट आएको छ । २० हजार किटको माग गरेका छौ । बोलपत्र आह्वान भएको छ । अहिले सम्म २५ हजार ३ सयको कोरोना परिक्षण भएको छ । ६७१ जनाको रिपोर्ट आउन बाँकि छ । ११२ वटा विद्यालयमा क्वारेन्टिन छ र ३ सय माथि पुर्याउने तयारी छ’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP