Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेका नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ, जसको मुहान लिम्पियाधुरामा पर्ने उल्लेख छ । भारत आफैंले जारी गरेको पुरानो नक्सा नै ऐतिहासिक प्रमाण हो ।

सन् १८३० मा सर्भे भएको आधारमा जारी हिस्दुस्तानको पश्चिमी प्रदेशको नक्सामा लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नेपालको सिमानाका रूपमा उल्लेख गरिएको छ । भारत आफैले पुनः प्रिन्ट गरेर सन् १८४८ मा नक्सा जारी गर्दा पनि लिम्पियाधुराबाट बग्ने कालीनदीलाई सीमा मानेको छ । तर, अहिले भारतले सानो खोलालाई कालीनदी भएको दाबी गर्दै आएको छ ।

तथ्यअनुसार सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो । कालीनदीलाई नै नेपाल–भारतको सिमाना मानिएको छ । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानका रूपमा निर्विवाद थियो । २०१८ सालमा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्बयाङ र नाभी गाउँमा नेपालले जनगणना गरेको प्रमाण नेपालसँग छ । नेपालले लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको अर्को ऐतिहासिक प्रमाण भनेको लाइब्रेरी अफ कंग्रेस, वासिङ्टनडिसीमा रहेको नक्सा पनि हो । सन् १८२७ मा जारी भएको सो नक्सामा कालीनदी स्पष्ट देखिन्छ । त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट छ ।

सन् १८५६ मा सर्भे अफ इन्डियाले जारी गरेको नक्सामा पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा रहेको उल्लेख छ । कालीनदीको उद्गम थलो सो नक्सामा लिम्पियाधुरा रहेको जनाइएको छ ।

१ नोभेम्बर १८६० मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई फिर्ता गर्न सम्झौता भएको थियो । सन् ७ जनवरी १८७५ मा दाङको डुडुवा क्षेत्र सीमांकन गर्दाको नेपाली नक्सामा समेत लिम्पियाधुरालाई नेपालको भूभाग भनिएको छ ।

सन् २०१४ मा भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी नेपाल आउँदा सुस्ता र कालापानीसहित सबै सीमाविवाद समाधान गर्ने सहमति भएको थियो । जसअनुसार सुस्ता र कालापानीका विषयमा टुंगो लगाउने प्रस्ताव तयार गर्न परराष्ट्र सचिवहरूलाई जिम्मा दिइएको थियो । तर, अझै सो समस्या समाधान हुन सकेका छैन ।

नेपाल र भारतको विषयमा सीमा विवाद समाधान नभइरहेका बेला २६ वैशाखको बिहान भारतका रक्षामन्त्री राजनाथ सिंहले मानसरोवर जाने लिंकरोडअन्तर्गत धार्चुला–लिपुलेक खण्ड आफूले उद्घाटन गरेको भन्दै ट्वीट गरेसँगै नेपाल र भारतबीचको सीमा विवाद सतहमा आएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारतसँग आग्रह गरेको थियो ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै, लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झन्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ । भारतले समेटेको सो भूमिलाई नेपालले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा समेटेको छ ।

भारतले सो भूमिमा विगत ५८ वर्षदेखि भारतीय सुरक्षाफौज राखेर कब्जा जमाइरहेको छ । भारत र चीनबीच युद्ध भएको समय ९सन् १९६२०देखि मिचिएको र त्यसपछि २०५३ सालदेखि प्रकाशनमा बहुचर्चित भएको कालापानी–लिम्पियाधुरा क्षेत्र मानिएको छ । चीन र भारतबीच युद्ध हुँदा भारतको आग्रहमा तत्कालीन राजा महेन्द्रले नेपालको कालापानीमा सेनाको क्याम्प राख्न दिएको थियो । तर, भारतले सो भूमिबाट अझै पनि आफ्नो सेना हटाएको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP