Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नगरका जनप्रतिनिधी ,संचारकर्मी र स्वास्थ्यकर्मी सहित डेढ सयको स्वाव संकलन

कपिलवस्तु १४ जेठ । कपिलवस्तुको वाणगंगा नगरपालीकामा १ सय ५२ जनाको कोरोना संक्रमण भए नभएको पुष्टी गर्न स्वाव संकलन गरिएको छ । नगर स्वस्थ्य शाखाका अनुसार सिद्धार्थ क्याम्पसमा वुधवार जन प्रतिनिधि १३ जना संचारकर्मी १७ जना, , वाणगंगा नगरका कर्मचारी २८ जना, सुरक्षाकर्मी २ जना, सिद्धार्थ क्याम्पसको क्वारैन्टाईनमा रहेका १५ जना र समुदायका नागरिक ७७ जना गरी डेढसय बढीको स्वावको नमुना संकलन गरिएको हो । 

     कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत वुद्धआवाज संचारगृहमा कार्यरत संचारकर्मीहरुको पनि वुधवार नै स्वाव संकलन गरिएको छ । संचारगृहमा कार्यरत दुई संचारकर्मिमा कोरोना पोजेटिभ देखिएपछि सामुदायिक रेडियो वुद्धआवाज र टेलीभिजनमा कार्यरत संचारकर्मि र कर्मचारीको स्वाव संकलन गरिएको हो । वाणगंगा ४ गजेहडामा रहेको भवनमा विगत ५ दिन देखि क्वारेन्टाईनमा रहेका ८ जना र संचारगृहमा कार्यरत कर्मचारीहरु ९ जना गरि १७ जनाको स्वाव संकलन गरिएको संचारगृहले जनाएको छ । 

        संचारकर्मिको नजिक सम्पर्क रहेर काम गरेका र संचारगृह भित्र रहेर विभिन्न फाँटमा कार्यरत कर्मचारीहरुको सिद्धार्थ क्याम्पसमा स्वाव संकलन गरिएको हो । संचारकर्मिको कोरोना भए–नभएको जाँच गर्न स्वाब संकलन गरिएको वाणगंगा नगर स्वास्थ्य शाखाले जनाएको छ । साथै वुधवारै दुई संचारकर्मि र एक जनप्रतिनिधीका परिवार र नजिकमा रहेर सम्पर्कमा आएका व्यक्तिहरुको पनि परिक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वताउनु भयो । 

        यसैविच वाणगंगा नगरको स्वास्थ्य शाखाले वाणगंगा नगरपालीकाका नगरप्रमुख मंगल प्रसाद थारु, उप प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशाासकिय अधिकृत चरामणी पन्थी सहित १३ जना जन प्रतिनिधिको पनि वुधवार नै स्वाव संकलन गरेको छ । नगरका एक जना जन प्रतिनिधिमा नतिजा पोजेटिभ देखिएपछि उहाँ संगको नजिकको सम्पर्कमा रहेकाहरुको स्वाव संकलन गरिएको स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले वताउनु भयो । सवै संचारकर्मि, जनप्रतिनिधि गरि १ सय ५२ जनाको २/३ दिन भित्रमा नतिजा आउने र परिक्षणका लागि संकलन भएको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने स्वास्थ्य शाखाको भनाई छ । 

        साथै नगरको स्वास्थ्य शाखाले यस अघि संक्रमीत पुष्टी भएका सवैको कन्ट्याक ट्रेसीङ कार्य सम्पन्न गरेको हुदा वाँकी व्यक्तिहरुको विहिवार अथवा सुक्रवार सम्म सवै स्वाव संकलन गर्ने योजना वनाएको जनाएको छ । यस्तै नगरमा गएको ९ गते स्वाव संकलन गरि परिक्षणका लागि पठाएकोमा सवैको नतिजा  नतिजा नेगेटिभ आएको छ । नजिता नेगेटिभ आएपछि सिद्धार्थ क्याम्पसको क्वारैन्टाईनमा रहेका १९ जनालाई आज डिस्चार्ज गरि घर पठाईएको नगर स्वास्थ्य प्रमुख ठगराज पौडेलले वताउनु भयो । वाणगंगा नगरमा अहिले सम्म १२ जनामा संक्रमण पुष्टी भएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP