काठमाडौं । बालाजुमा बुधबार राति भएको सवारी दुर्घटनामा दुई युवकको ज्यान गएको छ। नयाँ बसपार्क नजिकै बिजी मल अगाडि भएको दुर्घटनामा बझाङका २२ वर्षीय लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो।
गोगंबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनी ट्रकले ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरु दुबै स्कुटरमा सवार थिए।
दुर्घटनापछि भागेका मिनी ट्रकका चालकलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया