Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गुल्मीमा बृद्वी कोरोना संक्रमणको दर, मान्छे निडर

गुल्मी,

गुल्मीमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । कोरोना संक्रमणबाट गुल्मीका पहिलो व्यक्तीको ज्यान गएसंगै उनको सम्पर्कमा रहेका अर्को व्यक्तीमा पनि संक्रमण पुष्टि भएको र गाउँपालिका अध्यक्ष सहित अर्का भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ती गरी ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण देखिएको मदाने गाउँपालिका र धुर्कोट गाउँपालिका त पूर्णरुपमा शिल भएको गाउँपालिकाले बताएको छ र स्थानियले पनि शिल भएको धारण व्यक्त गरेका छन । यसो त गुल्मी जिल्लापनि शिल नभएको हैन । गुल्मी जिल्ला शिल गरेको पनि धेरै भईसकेको छ तर शिलको नाममा केही मात्रामा कडाई बढाईएको मात्र देखिन्छ । गुल्मीका विभिन्न मूख्य सहरहरुमा त्यती शिल भएको मान्न सकिन्न ।

गुल्मीको सदरमुकाम तम्घास बजारमा पनि त्यती लकडाउनको प्रभाव नपरेको जनमानसमा देख्न सकिन्छ । तम्घासमा बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म बजार खुकुलो पार्ने नगरपालिका तथा प्रशासनको निर्णय भएको छ । तम्घासमा सो समयभन्दा अगाबै र पछाडीनै गाउँतिरका मानिस एदाकता कतिपय सडकमा हिडेको देख्न सकिन्छ तर त्यती लकडाउनको उल्घङन गरेको पाइदैन । तर खुकुलो समय अर्थात ११ बजेदेखी १ बजेसम्म बजारमा किनमेल गर्नेको घुइचोमा भने कमी आएको देखिदैन ।

दिनप्रती दिन धेरैमान्छेहरुको भिड भएको आकलन गर्न सकिन्छ । अन्य बेलामा कोरोना आउने र २ घण्टा कोरोना नआउने जस्तो गरी बजारका प्रत्येक खाद्यान्न पसलमा सामाजिक दुरी कायम नगरी साम्रगी खरिद गरेको देखिन्छ ।

सामाजिक दुरी कम्तीमा ३ फिट सरकारले नै तोकेपनि नागरीकहरु ठेलमठेल गरी किन्न हतार भएजस्तो नियमको पूर्ण उल्ङघन गरेको पनि देखिन्छ । कतीपय नागरीक त अनुगमनका लागी हिडेका प्रहरीलाई देख्न साथ नियमको पालना गर्ने र जब प्रहरी आखाँबाट टाढा गएसंगै फेरी नियम भत्काउने गरेको पाइन्छ ।

२ घण्टामा बजारमा गाडीको आवातजावत पनि फाटफुट देख्न सकिन्छ । दिनमा २२ घण्टा आउने कोरोना २ घण्टा आउन्न की जस्तो मानिसको त्यो व्यवहारबाट देख्न सकिन्छ। यो विषम परिस्थीतीमा सामाजिक दुरी कायमलाई उल्ङघन गर्नुनै कोरोनाको ढोका ढकढक्याउनु हो ।

बजारका प्रमुख व्यापारीक क्षेत्रहरु ः भिमचोक, पुतलीबजार र पुरानोबजारमा बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म नागरिकको अत्याधिक उपस्थिीती देखिन्छ । सामाजिक दुरी कायम नगरी विक्री तथा खरिद गरेको देख्न सकिन्छ । यसप्रती सम्बन्धीत निकायको ध्यान जाओस । विक्रम खत्री शिवराज अनलाईनको गुल्मी संवाददाता हुनुहुन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP