Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

क्वारेन्टाइनमा बसेर फर्केनेलाई कण्डम उपहार

काठमाडौं । कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ ।

क्वारेन्टाइनको बसाइ पूरा गरेर घर फर्किने मजदुरहरुका लागि सरकारले कस्तो उपहार देला ? भारतको बिहारमा चाहिँ १४ दिन क्वारेन्टाइनमा बसेका प्रवासी मजदुरहरुको हातमा कण्डम उपहार थमाएर घर पठाइएको छ ।

बिहारको गोपालगंज जिल्लामा स्वास्थ्य विभागको पहलमा यस्तो अभियान सुरु गरिएको हो । सरकारी अधिकारीका अनुसार १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरिसकेका प्रवासीहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गरिनेछ ।

भारतका विभिन्न प्रान्तहरुबाट त्यहाँ आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । कोरोनाबाट उच्च प्रभावित कतिपय राज्यबाट फर्किएकाहरुलाई क्वारेन्टाइन सेन्टरमा राखिनेछ भने अन्य राज्यबाट आएकालाई १४ दिनको होम क्वारेन्टाइनमा राखिनेछ ।

होम क्वारेन्टाइनमा राखिएका मानिसहरुलाई समेत १४ दिनको अवधि पश्चात् स्वास्थ्यकर्मीहरुले घरमै गएर परीक्षण गरी कण्डमको प्याकेट उपहार दिनेछन् । एजेन्सीकाे सहयाेगमा 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP