Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

लगातारकाे बर्षाले नाका प्रवेश गर्नै सकस,खानापानमा समस्या

कैलाली । लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ । शनिबार बिहानदेखिको वर्षाले पानीमा भिज्दै ससाना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा तथा युवायुवती भारतको सुरत, मुम्बई, गुजरात, हरियाणालगायतका शहरबाट पलिया गौरीफन्टा हुँदै नाकामा पुगेका हुन् ।

भारतको मुम्बईबाट पानीमा भिज्दै परिवार बालबच्चासहित नाकामा पुगेका डोटीको बाहुनकाँडाका भोजराज ओझाले भोक, कष्ट, थकानसहित तीन दिनदेखिको लामो दूरीको यात्राबाट बल्ल नेपाल प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नाका प्रवेश गर्ने क्रममा यहाँ परेकोे पानीले भिजाएर झनै बिजोग बनाएको छ, अझै आफ्नो जन्मथलो पुग्न त कति समय लाग्ने हो कुनै निश्चित छैन ।” रोजगारीका लागि विद्यालयको पढाइ छाडी सानै उमेरमा भारत पसेका ओझाले वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहुँदा थप समस्या भएको दुःखेसो गर्नुभयो ।

भारतका विभिन्न स्थानबाट आएका नेपालीलाई पानीले भिजाउनुका साथै त्यहाँ पानी जमेर हिलोसमेत भएर झन् अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ । वर्षाकै बीचमा पनि भारतबाट नेपाल प्रवेश गरेकालाई खानपान व्यवस्थापनको काम भने भइरहेको खानपान अभियानमा सक्रिय कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्दापर्दै भिज्दै हजारौँ नेपाली नाकामा प्रवेश गरेका छन्, उनीहरुको खानपानको व्यवस्थापन गर्न साह्रै गाह्रो भयो ।

” यही जेठ २ गतेदेखि भारतका विभिन्न शहरबाट आएका नेपालीहरुको उद्धारमा यहाँका विभिन्न सङ्घसंस्था, प्रदेश सरकार, सेवा समितिलगायत जुटेका छन् । कसैले व्यक्तिगतरूपमा पनि सहयोग गरिरहेको पाइएको छ । हालसम्म भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार नाका हुँदै झण्डै ३० हजार नेपाली नेपाल भित्रिसकेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको भनाइ छ ।

युएनडीपीद्वारा सहयोग

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले भारतबाट कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिएका नेपालीको सुविधाका लागि नाका नजिकै त्रिपाललगायतको व्यवस्थापनका लागि सहयोग गरेको छ । युएनडिपी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रतिनिधि सतिष पाण्डेले स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणाकर अवस्थीलाई रु तीन लाख २२ हजार ५०० बराबरका २०० थान त्रिपाल, २० खानेपानी ट्याङ्कीलगायतका सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।

“दिनहुँ हजारौँको सङ्ख्यामा भित्रिने महिला, बालबालिका तथा वृद्ध सीमा क्षेत्रमा त्रिपालको अभावमा खुला आकाशमुनि घामपानी सहेर बस्न बाध्य छन्”, युएनडिपीका प्र्रतिनिधि पाण्डेले भन्नुभयो, “उहाँहरुलाई खुला आकाशमा बस्नुपर्ने बाध्यता नहोस् भन्नका निम्ति सहयोग गरेका हौँ

।” सशस्त्र प्रहरीको सहकार्यमा युएनडिपीले नेपालीको सुविधाका लागि सीमा क्षेत्रमा त्रिपाल निर्माण गरेको बताइएको छ । यसैगरी युएनडिपी सुदूरपश्चिम कार्यालयले कञ्चनपुरको महाकाली नगरपालिकाअन्तर्गतका क्वारेन्टिनको व्यवस्थापनका लागि नगरपालिकालाई रु तीन लाख ३० हजार बराबरका सामग्री सहयोग गरेको जनाएको छ । प्रतिनिधि पाण्डेका अनुसार ५० फोल्डिङ बेड डसना, ५० बाल्टिन, ५० तकिया, तन्ना, पानीखाने ड्रम, ७० थान त्रिपाललगायतका अति आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP