Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

क्वारेन्टिनमा योग प्रशिक्षण

बागलुङ । रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा योग प्रशिक्षण शुरु भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेका योगगुरु चन्द्रकान्त पौडेलले क्वारेन्टिनमा रहेका २२ जनालाई शनिबारदेखि योग प्रशिक्षण प्रदान गर्नुभएको हो । भारतबाट गृहजिल्ला फर्किएका १८ सहित सवारी चालक र सहचालक गरी चार जनालाई सो प्रशिक्षण दिन शुरु गरिएको बानपा–१ का वडासदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो ।

क्वारेन्टिनमा बस्ने सबैको दिनचर्या, सरसफाइका उपाय, खानपान शैली, रोग प्रतिरोध क्षमताको वृद्धिका उपाय, सामान्य लक्षणको उपचारका विषयमा प्रशिक्षण दिन शुरु गरिएको योगगुरु पौडेलले बताउनुभयो । जिल्लाको बरेङ गाउँपालिका–३ धनमुढाचौरका युवाहरुले कोरोना सङ्घर्ष समिति गठन गरेका छन् । धनमुढाचौरका २५ युवाको भेलाले भारतलगायतका देशका विभिन्न ठाउँबाट आएर आफ्नो क्षेत्रको क्वारेन्टिनमा बसेकालाई सहयोग गर्न समिति बनाएका हुन् ।

उनीहरुले गाउँपालिकाको सीमासम्म आइपुगेकालाई उद्धार गर्ने, क्वारेन्टिनमा बसेकालाई आवश्यक खानपान तथा मनोरञ्जनको समेत व्यवस्था गरेका छन् । कोरोना सङ्क्रमण र रोकथाम गर्नु युवाको दायित्व भएको समितिका संयोजक पदमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले वडा कार्यालय र गाउँपालिकासँग सहकार्य गरेर समितिले चेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । बरेङ वडा नं ३ को ज्ञानोदय आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा अहिले भारतबाट आएका दुई युवा बसेका छन् ।

उनीहरुलाई क्वारेन्टिनमा बस्दा गाह्रो नहोस् भनेर समितिले साउण्ड सिस्टमको समेत व्यवस्था गरेको उहाँले बताउनुभयो । आधुनिक कृषि औजार वितरण अन्नपूर्ण धान ब्लक जैमिनी नगरपालिका–५ बिनामारेका किसानलाई शनिबार आधुनिक कृषि औजार वितरण गरिएको छ । बन्दाबन्दी जारी रहँदा किसानलाई भेला गरेर कृषि ज्ञान केन्द्र कुश्माले कृषि औजार वितरण गरेको हो ।

कृषि औजार हस्तान्तरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावबाट माथि उठ्ने कृषिकर्म नै उत्तम विकल्प भएको बताउनुभयो । सो ज्ञान केन्द्रले अन्नपूर्ण धान ब्लककोे लागि १५ थान कुटानीपीसानी मिल, १५ थान मिनी टिलर हलो, त्रिपाल, थ्रेसर मेसिन लगायतका सामग्री किसानलाई उपलव्ध गराएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP