Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मानसिक अवस्था गुमेकालाई छुएन कोरोनाले।

दिपेन्द्र खत्री,

गुल्मी।

चिनको बुहान प्रान्तमा सन २०१९ डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरस (Covid-19) यति बेला विश्ववका शक्तिशाली राष्ट्रहरु बेलायत, इटली, रुस, स्पेन अमेरिकालाई कोरोना नियन्त्रण र उपचार गर्न सकस भैरहेको छ ।कतिपय समस्या र चुनौती यस्ता हुन्छन जुन चुनौतिले अवसरलाई पनि सङसङै लिएर आएका हुन्छन । त्यस्तै नेपालमा पनि काेराेना काे कहर वढि रहेकाे छ।

देशनै लकडाउन भएको अवस्थामा कतिपय व्यक्ती थाहा पाएरपनि बाहिर घर बाहिर निस्कने ,डुल्ने गर्छ्न तर कतिपय व्यक्ती थाहा छोइन, मानसिक सन्तुलन ठिक नभएका कारण हिडेको पाइएकाे छ। त्यस्तै गुल्मिको सदरमुकाम स्थित तम्घास बजारमा चाहे दिउस होस चाहे रात , चाहे बर्सातको बेला होस चाहे हिउदको चर्के खडेरी सधैं एकैनास गल्लीगल्ली, चोकचोकमा हिडिरहने एक जना व्यक्ती ! उनी तम्घास बजारको सडकमा कहिले कुदेका हुन्छ्न त कहिले सडकको छेउमा सुतिरहेका, उनमा न भोक छ त यातभनाै तिर्खा नै छ।

सधैंभरी एकनास को नै रहनछर उनिपनि केही बर्ष अगाडिभन्दा अहिले अल्लि खस्किएको अनुभुती गर्न सकिन्छ। र त्यसैगरी एक दिन उनी बूढो हुनेछ्न। अहिले त उनको उमेर जोस , बल र तागतले गर्दा जनतन हिडिरहेका छ्न आफुलाइ पालिरहेका छ्न तर उनी यदि रोगी, बुड्योलीपनले च्याप्दै जादा कतै अप्ठ्यारो त पर्ने होइन। अझ भनाै अहिले देशनै सन्त्रासको स्थितिमा छ । कति खेर भाइरस छिर्नी हो भन्ने एकिङ्ग गर्न सकिदैन !

यस्तो अवस्थामा गुल्मी तम्घासपनि लकडाउनमै छ र सबै मानिस आ-आफ्नो घरमा बसिरहेका छ्न। बिना काम या अत्यावश्यक काम बाहेक बाहिर निस्कदैनन । कोरोना संक्रमणको चपेटामा पर्ने डरले सरकारले लकडाउन लगाइरहेको छ । यस्तो सम्म गरिएको छकी लकडाउन कार्यनयन गरे नगरेको हेर्न प्रहरी फोर्स परिचालन गरिएको छ। तम्घासमा पनि सबै मानिसले लकडाउन प्रक्रियालाई साथ दिएका छ्न । प्रहरिले बाहिर हिडेका , सवारी साधन चलाइरहेकालाई निश्चिति मापदण्ड अनुसार सजाय गरिरहेको छ । तर उनलाइ न कुनै निकायले हेरबिचार गरेको छ त न कुनै गोस्तिले कारबाही !

१ के कोरोना संक्रमण सबल व्यक्तिलाई मात्र हुन्छ ? के प्रहरीले स्वच्छ , सफा व्यक्तिलाई मात्र नियन्त्रणमा लिन्छ ?

२ के सरकारले समान हक र अधिकारको प्रत्याभूति आम नागरिकलाई गराउन नसकेको हो ?

३ लकडाउन भने पछि सबै मानिस घरभित्र बस्ने भनेको के मानसिक अवस्था गुमेका मानिस होइनन ?

४ के कोरोना भाइरस उनिबाट नसर्ने रोग हो कि उनलाइ लाग्देन ? भन्ने आदि प्रश्नहरु स्थानीय नागरिकले उठाउदै आएका छ्न ।

उनी यसो हेर्दा ३८/३९ बर्षका देखिन्छ्न। नलि,डमसाइडमा फालेका मानिसलाइ नचाइने वस्तु, साम्रगी लिएर हिडछ्न र धेरै मानिसले उनलाइ फोहोरी को सङ्या दिएर गालिगलोच गर्ने गर्छ्न । उनको घर अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा न. २ मा रहेकाे जानकारी प्रत्त भएकाे छ।

घरको स्थिति नाजुक र मात्र उन्लाइ हेर्ने बाबू भएकोले उनलाई घरमै राख्ने स्थिति छ‌ैन कारण : बाबुपनि आफुलाइ १ छाक जुटाउनको लागि मजदुरी, भजनकृतनमा होमिने गर्छ्न ताकी आफू बाचु भन्ने मनासायले !

दुर्गा तम्घासमा यसै गरि सडकमा हिडनलाको धेरै बर्ष भयो भन्ने यहाका स्थानियले पनि जानकारी दिए। अन्य दिनहरुमा त खुलेआम हिडन दिए पनि देशनै सङकटको स्थितिमा कोरोना भाइरस फैलने त्रासको बेला उनलाइ कुनै सरकारी निकायले निश्चित बन्दोबस्त गर्न जरुरी देखिन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP