Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

लकडाउनमै शिवपुर क्याम्पसको मुहार फेरीदै

कपिलवस्तुको शिवपुरमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको मुहार फेरीने भएको छ । लामो समयदेखि विकासको पर्खाइमा रहेको क्याम्पसको भौतिक संरचनामा विकास हुने भएपछि अभिभावक तथा विद्यार्थीहरु खुसी भएका छन् । क्याम्पस प्रवेश द्धार वाटै ४ सय ४८ स्कवार मिटर क्षेत्रमा ब्लक बिछ्याउने काम तिव्र रुपमा भइरहेको छ । यसले आवतजावत तथा क्याम्पसको सुन्दरता समेत सहयोग पु¥याउने छ । क्याम्पसमा फिल्ड अव्यवस्थित रहेकोले मर्मत सगै माटो पटानको काम पनि सुरु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको क्याम्पसलाई नमूनाको रुपमा विकास गर्ने योजना रहेको व्यवस्थापन समितिका अध्यक्ष लंक बहादुर हमालले बताउनुभयो ।
गत वर्ष प्रदेश सरकारले बिनियोजन गरेको २० लाख रकम बाट माथिल्लो तल्ला थपेको भन्दै अब विद्यार्थीहरुको आवतजावतमा सहज गराउन बस संचालन गर्ने तयारी भइरहेको अध्यक्ष हमालले बताउनुभयो । यस वर्ष भइरहेको कामको जिम्मा क्याम्पस व्यवस्थापन समितिका सदस्य सरोज पौडेलको नेतृत्वमा भइरहेको उहाँले बताउनुभयो । खेलमैदानमा माटो पटान,ब्लक निर्माण,ब्याडमिन्टन कोट लगाएतका काम भइरहेको सदस्य पौडेलले बताउनुभयो । ‘काम सुरु भइसकेको छ,जेठ अन्तिम सम्म काम सक्ने लक्ष्य छ’ पौडेलले भन्नुभयो ‘यसपछि क्याम्पसको विकासमा केहि फरकपन आएको महशुस हुनेछ,।’ शिवराज नगरपालिकाद्धारा बिनियोजित १० लाखको लागतमा काम भइरहेको उहाँले जनाउनुभयो ।
यस वर्ष प्रदेश न ५ सरकारले क्यापम्समा बस संचालनको लागि २५ लाख बजेट बिनियोजन गरेको छ । विद्यार्थीहरुको आशाको केन्द्रबिन्दु रहेको शिवपुर क्यापसमा स्नातकोत्तर कक्षा संचालन,विद्यार्थीहरुलाई छात्राबासको व्यावस्था लगाएतका काम भइरहेको क्याम्पस प्रमुख हेमराज शर्माले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP