Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

व्यापारीले पसल खाेलेपछि जाेरपाटीमा प्रहरीसगँ झडप

काठमाडौं । राजधानी भित्रै रहेकाे जाेरपाटीमा व्यपार गरेका व्यापारीहरूले  लकडाउनले  व्यवसायमा असर परेकाे भन्दै पसल खाेलेपछि बन्द गर्न गएका प्रहरीहरूसगँ पसलेहरूकाे झडप भएकाे छ ।

संसारभर महामारीका रूपमा फैलिइरहेकाे काेराेना भाइरसकाे संक्रमण नफैलियाेस् भन्दै सरकारले बारम्बार लकडाउन लब्याएपछि आक्राेशित बनेका व्यपारीहरूले सरकारकाे निर्देशनकाे अबज्ञा गर्दै पसल खाेल्न थालेपछि यस्ताे झडप भएकाे हाे  ।

मोबाइलदेखि, जुत्ता, फेन्सी लगायतका पसल खुला गरेर व्यापार गर्न थालेका पसलेहरूलाइ प्रहरीले जवरजस्त बन्द गर्न लगाएपछि व्यापारीहरू एकाएक बिराेधमा उत्रिएका थिए ।

पसलको भाडा तिरिरहनुपर्ने, सरकारलाई कर पनि तिरिरहनु पर्ने तर पसल चाहिँ खोल्न किन नपाउने भन्दै उनीहरुले प्रश्न गरेकाे एक स्थानियले बताएका छन् । उनका अनुसार करिब ६० व्यवासायीहरु आन्दोलित मुडमा उत्रिएका थिए।

७१ दिन लगातार लकडाउन लम्ब्याउने बाहेक सरकारले कुनै योजना अगाडि सार्न सकेको छैन। आजैमात्र पनि सरकारले कर चुक्ता गर्न सूचना जारी गरेको छ। व्यवसायीहरु पनि सरकारको लकडाउन गर्ने र व्यवसायीलाई कुनै पनि राहतका कार्यक्रम नल्याउने रणनीतिबाट आजित भएका छन्। आजै चितवनमा पनि व्यापारीहरुले सरकारको कदमविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका थिए।

‘जोरपाटीमा कुनै झडप चाहिँ भएको होइन। उहाँहरुले पसल खोलेपछि हाम्रो टोलीले गएर बन्द गराएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP