Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बारीमै कुहिए तरकारी, किसान चिन्तामा

कैलाली । धनगढीको कृष्णनगर नजिकै व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीय कृषक खेतमा उत्पादन भएको गोलभेँडा, बन्दालगायतका तरकारी बारीमै कुहिएपछि चिन्तित भएका छन् । लामो समयको बन्दाबन्दीले बारीमा उत्पादन भएको १८ क्विन्टल टमाटर, ३० क्विन्टलभन्दा बढी बन्दा, लौका, फर्सी, काँक्रालगायतका तरकारी बिक्री गर्न नपाएरै बारीमा सडेको कृषक फुरहार अहमदले बताउनुभयो ।

बजारका होटल, चौराहाको सब्जीबजार, हाटबजारलगायतका स्थान पूर्णरूपमा ठप्प भएपछि बारीमै तरकारी कुहिएको कृषक अहमदको दुःखेसो छ । “बन्दाबन्दीबीच कोरोनाको सङ्क्रमण समाधान हुन्छ र उत्पादित तरकारी बिक्री गरौँला भन्ने विचार थियो, तर झन् जोखिम बढ्दै गई निरन्तर बजार बन्द भएपछि तरकारी पूर्णरूपमा बिग्रियो”, उहाँले भन्नुभयो, “त्यसैमा तीन÷चार दिनको वर्षाका कारण झन् नोक्सानी भएको छ ।

” साना तथा ठूला होटलमा चाउमिन, मःमलगायतका परिकार बनाउन प्रयोगमा आउने बन्दा त पूरै किराले खाएर तथा कुहिएर सखाप भएको उहाँले बताउनुभयो । “यस वर्ष अन्य वर्षभन्दा बारीमा तरकारी एकदमै राम्रो उत्पादन भएको थियो, व्यवसाय निकै फाइदामा जान्छ भन्ने आश गरेको थिएँ, तर परिणाम ठीक उल्टो हुन पुगी व्यवसायमा घाटा बेहोर्नुप¥यो”, उहाँले भन्नुभयो ।

वरिपरिका स्थानीय ग्राहक फुटकर तरकारी किन्न बारीमा आउने गरेको भए पनि त्यो बिक्रीले खासै फरक नपर्ने उहाँको भनाइ छ । बन्दाबन्दीअघिका दिनमा क्विन्टलका क्विन्टल तरकारी बजार जाने गर्दथ्यो तर आजभोलि थारै मात्राको बिक्रीले ठूलो परिमाणमा उत्पादन भएको तरकारी त्यत्तिकै खेर गएको हो ।

“तीन बिघाभन्दा बढी जमीन भाडामा लिई प्रत्येक वर्ष धान र गहँु गरी दुई सिजन गरेर साहुलाई जमीनको भाडा तिर्ने गर्दर्थेँ तर यसपालि त भाडा तिर्न त परै जाओस् परिवार, बालबच्चा पाल्नसमेत मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो । विगत लामो समयदेखि व्यावसायिकरूपमा तरकारी खेती शुरु गर्नुभएका अहमदले वार्षिक रु आठदेखि १० लाख जति फाइदा हुने गरेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP