काठमाडौँ । नेकपाका नेता केसव बडालले रुकुमको चौरजहारीमा मारिएका नवराज बिकको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले कुनै आधिकारिक निर्णय लिन नसकेको भन्दै आक्रोस पोख्नुभएको छ ।
उहाँले संविधानमा गरिएको व्यवस्थालाई कार्यन्वयनमा लानु नसक्ने प्रधानमन्त्री गृहमन्त्रीमाथि उठेको मौनताको प्रश्नले पार्टीलाई समेत अप्ठ्यारोमा पारेको टिप्पणी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता बडालले जातियताका आधारमा रुकुममा भएको नरसंभारलाई राज्यले नैतिक जिम्मेवारी लिनुपर्ने ठाउमा मौनता प्रस्तुत गर्नु सकारात्मक विषय नभएको बताउनुभयो ।
प्रधानमन्त्री र गृहमन्त्री पार्टीले बनाएकाले पार्टीलाई प्रत्यक्ष असर पार्ने कुरामा सघाउ पुर्याइरहेको दावी गर्नुभयो ।
उहाँले नवराज विक अब मरिसकेकाले भोली अर्को नवाराज मर्न नदिने अवस्थामा राज्य जानुपर्नेमा नगएको भन्दै अहिले सम्म राज्यका तर्फबाट पिडित परिवारका लागि राहत समेत घोषण नहुन दुखद भएको बताउनुभयो ।
बडालले भन्नुभयो,‘मान्छे मरिसक्यो । मरो भनेर हल्ला मात्र गरेर हुदैन । प्रधानमन्त्री र गृमन्त्रीले कारवाही अगाडी बढाउनु पर्छ । नत्र अपराधलाई प्रश्रय दिएको ठहरिन्छ । उनिहरुलाई क्षतिपूतिको व्यवस्था खै । अब सवै स्कुलमा दलितबारेको भ्रम हटाउन पढाउन थाल्नुपर्छ र अपमानका शव्द बोल्नेलाई कारवाही गर्नुपर्छ’ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया