Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

रक्सीले मातेका वडाअध्यक्षकाे टाेलीले गर्याे प्रहरी पोष्टमा आक्रमण

रुकुम पश्चिम । तत्कालिन माओवादी पार्टीबाट निर्वाचित एक वडा अध्यक्षको नेतृत्वमा रहेका युवाहरुको टोलीद्धारा रुकुम पश्चिममा रहेको एक प्रहरी पोष्टमा आक्रमण भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो ।

मंगलबार बेलुका ९ बजे आफ्नो नेतृत्वमा २०,२५ जना युवाहरु लिएर प्रहरी पोष्टमा आक्रमण गरेर उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । जानकारी अनुसार अत्याधिक जाँडरक्सी खाएर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुढाले आक्रमण गरेका हुन् ।

पोष्टमा एक्कासी आक्रमण गरेका उनीहरुले प्रहरी इन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ ।  प्रत्यक्षदर्शीका अनुसार उनीहरुले प्रहरीकोे हतियार खोसेर भाग्न खोजेको बेला प्रहरीले बल प्रयोग गरी हतियार फिर्ता लिएका हुन् ।

जानकारी अनुसार दादागिरी मच्चाउँदै आएका अध्यक्ष केसीलाई बिहान हेलमेट बिनै मोटरसाइकल चलाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न ड्युटीमा रहेको प्रहरीले अनुरोध गरेको र जवाफमा अध्यक्ष केसीले ‘तँ हवल्दार चुप लाग, तँलाई देखाइदिन्छु पख’ भन्दै झोक्किएर गएका प्रहरीले जनाएको छ ।

त्यसैगरी उनले केही दिन अगाडि छिमेकी सिम्ली गाउँका केटाहरूलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरीले ती युवाहरूको केही कमजोरी नभएको भन्दै छोडेको थियो ।

त्यही रिसको आवेगमा अन्य युवाहरुलाई उक्साएर प्रहरी चौकिमा आक्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको टोली घटनास्थल पुग्न नपाउँदै उनी भागेको र अहिले सम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP