Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

एमसीसी विराेधी प्रदर्शनकारीले भने : राजा आउ देश बचाउ

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको भन्दै जताततैवाट बिरोधहरु आईरहेका बेला काठमाडौको माईतिघरमा पनि एमसीसीको बिरोधमा प्रदर्शन भएको छ । संसदबाट पास गर्न नहुने भन्दै आज बुधबार पनि माईतिघरमा एमसीसीको बिरोधमा प्रदर्शन भएको हो ।

स्व स्फुर्त सडकमा निस्किएकाहरुले एमसीसी परियोजना राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरेका थिए । यिनै नेताहरुका कारण राष्ट्रघाती एमसीसी सम्झौता भएको भन्दै अब नेता हटाएर राजा ल्याउनुपर्ने माग पनि प्रदर्शनका बेला उठेको थियो । प्रदर्शनकारीहरुले ‘गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ’को नारापनि लगाएका थिए ।

एमसीसीका पक्ष बिपक्षमा राजनितीक दलभित्रपनि निकै ठुलो रस्साकस्सीनै चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा जसरी भएपनि यो सम्झौता सदनवाट पारित गर्ने पक्षमा छन् भने नेकपा र कांग्रेसका केहि नेताहरु भने कुनै पनि हालतमा पारित गर्न नहुने पक्षमा देखिएका छन् ।

नेकपाले त एमसीसीबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको उक्त कार्यदलले पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने सुझाव सरकारलाई दिएको थियो ।

एमसीसीका केही बुदाँ संशोधन गरेर त्यसलाई स्वीकार्न सकिने राय उक्त कार्यदलको छ । तर अमेरिकाले सम्झौतामा कुुनै बुँदा फेर्न नसकिने स्पष्ट पारिसकेको छ । अघिल्लो शनिबार बसेको नेकपाको सचिवालय बैठकले एमसीसीबारे अब संसद बैठकले नै टुंगो लगाउने निर्णय गरेको थियो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP