Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

त्रिवेणी युवा क्लबले सेनिटाइजरसहित सौन्दर्य सामाग्री वितरण गर्ने

काठमाडौँ । विगत दुइमहिना अघिदेख खाना वितरण गर्दै आएको काठमाडौँ महानगरपालिका वडा नम्बर २९ स्थित त्रिवेणी युाव क्लबले खाना वितरणसँगै सेनिटाइजर लगायतका स्वास्थ्य र सौन्दर्यका सामाग्रीहरु पनि निशुल्क वितथरण गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि दुइमहिना भन्दा बढी समयदेखि जारी लकडाउनका कारण खान नपाएका पीडित नागरिकलाई निशुल्क खाना खुवाइरहेको क्लबले राहत अभियानमा सामाजिक संस्था हरिप्रिया—प्रकाश फाउन्डेसन पनि जोडिएको जनाएको छ ।

दुई संस्थाबीचको सहकार्यमा सामाजिक दुरीसहित गुणस्तरीय खानाको प्याकेज र सौन्दर्य सामाग्री निशुल्क वितरण त्रिवेणी क्लब कै स्वयंसेवक मार्फत हुने भन्दै यस कार्यक्रममा आमनागरिक र सरोकारवाला सबैलाई उपस्थितिका लागि सूचना पनि जारी गरेको छ ।

क्लबले सावधानी बढाउदै कोरोनको मनोवैज्ञानिक त्रास हटाउन र मनको सुन्दरतालाई ध्यान दिएर सेवाभाव जागृत गरौं भन्दै घरटोल, शरीरको सुन्दरता र सरसफाईमा ध्यान दिएर बढ्दो गर्मीबो समयमा निरोगी बन्न आग्रह गरेको छ ।

शारीरिक सौन्दर्यको लागि गुणस्तरीय सेनेटाईजर प्रयोग, सफा पिउने र नुहाउने पानी, दात सफा गर्ने ब्रस मञ्जन, साबुन, सैम्पु, स्ट्यान्डर्ड फेसवाससँगै तेल, क्रीम र ब्लेड–रेजर आदि सामग्री र मनको शान्तिलाई बढवा दिन ध्यानको अनलाइन प्रशिक्षण पनि निशुल्क प्रदान गर्ने क्लबले जनाएको छ ।

क्लबद्वारा जारी सूचनामा भनिएको छ,‘ लकडाउन र आर्थिक बिपत्तिमा हुनेखानेले मात्र नभएर उपत्यकाका नागरिक र देशको विभिन्न जिल्लाबाट शिक्षा र रोजगारीको लागि आएका विद्यार्थीहरुले पनि स्वस्थ्य र सुन्दर हुन पाउनुपर्छ । सरसफाई र सुन्दरताको लागि सबैको समान अधिकारको रक्षा र नागरिकको अनुहारमा खुशीको मुस्कान ल्याउन हामीले फरक खाले माथी उल्लेखित सौन्दर्य सामाग्रीको प्याकेज राहत घरदैलो मै निशुल्क रूपमा वितरण गर्दैछौं’ ।

त्रिवेणी युवा क्लबले १० हजार नागरिकलाई सौन्दर्य सामाग्रीमार्फत खुशी तुल्लाउने तथा लाखौं नागरिकलाई अनलाइन ध्यान पद्धतिले कोरोना र आर्थिक सामाजिक अफठ्यारोमा परेकाहरुको आत्मबिश्वास बढाउन यो कार्यक्रम सुरुगर्न लागिएको र यसका लागि कुनै किसिमका चन्दालाई अस्वीकार गर्ने निति फाउन्डेसनको भएको भन्दै आर्थिक सहयोगको प्रस्ताव नगर्न आग्रह गरेको छ ।

क्लबले भोलीदेखि क्रमसः काठमाडौँ अनामनगर मोडको मेनरोड, बालाजु पुलको आश्रम, त्रिभुवन बिश्व विद्यालय कीर्तिपुर, पदमकन्या क्याम्पस, बाघबजारमा नेपाल पत्रकार महासंघको उपत्यकाको सम्पर्कमा रहेका फ्रन्टलाईन पत्रकारहरु, फोहर संकलक र सरसफाईकर्मीहरु, एम्बुलेन्स चालकहरुको छाता संगठनलाई काठमाडौ मेडिकल कलेज पार्किङ्ग परिसर र अन्य अनुरोध आएको स्थानहरु निर्णय गरि स्थानीय प्रशासनको जानकारीमा बितरण हुने बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP