Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

चौतर्फी आलोचनापछि सरकारले कर बुझाउने म्याद थप्यो

काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । 

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका  जानकारी दिएकाे हो । 

यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ । 

 मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७  गतेसम्म कायम गरिएको विभागले जनाएको छ । 
 अन्तशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७  गतेसम्म नै बनाइएको छ ।

आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ । 

सरकाले कोरोनाका त्रासकै बीच जेठ २५ कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।  

व्यवसायीहरुको नाममा मगंलबार सरकारको जारी गरेको कर तिर्नेसम्बन्धी सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदिएको थियो । लकडाउन (बन्दाबन्दी) रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक क्षेत्रमा तरंग र आक्रोश ल्याएको थियो ।

सूचना हेर्नुहाेस्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP